२०८१ अषाढ ३२, सोमबार
नयाँ
पछिला अपडेट

औराहा पशुपालन कृषि साकोसको १३ औँ वार्षिक सभा सम्पन्न

२०७८ पौष १८, आईतबार मा प्रकाशित ( साल अघि) ६८४ पाठक संख्या

सिमरा, १८ पुसः बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ४ स्थित औराहमा रहेको औराहा पशुपालन कृषि सहकारी संस्थाको १३ औँ वार्षिक साधारणसभाबाट मदनबहादुर क्षेत्री सर्वसम्मत रुपमा अध्यक्ष पदका लागि निर्वाचित हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा रमेश खरेल, दीपम सिंखडा, मनिता भण्डारी, रहनुभएको छ । त्यस्तै सचिवमा विनोद सापकोटा, कोषाध्यक्ष शंकर सिंखडा, सदस्यहरुमा  मुनानाथ शर्मा, राजु पौडेल, जानुका दाहाल, विन्दु ज्ञवाली, भिमबहादुर कँडेल सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

1641105474656

त्यस्तै गरी लेखा समिति संयोजकमा कुमारनाथ त्रिपाठी, सदस्यहरुमा सुशिला अधिकारी र मुकुन्द पौडेल रहेको व्यवस्थापक सविता तिवारीले बताउनुभयो ।
उद्घाटन कार्यक्रम
संस्थाका अध्यक्ष मदन बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सरस्वतिदेवी चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

1641105485086

कार्यक्रममा घण्टीमाई साकोसका अध्यक्ष कोपिला सिंखडा लगायतको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन संस्थाका सचिव दीपक सिंखडाले गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु