२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा काँग्रेसको चुनावी माहोल रोमाञ्चक बन्दै, एउटै केन्द्रीय गुटमा रहेका नेताका तीन उम्मेदवार

२०७८ पौष २१, बुधबार मा प्रकाशित ( साल अघि) ११२४ पाठक संख्या

बारा, २१ पुसःबारा जिल्लामा नेपाली काँग्रेसको चुनावी माहोल निकै रोमाञ्चक बन्दै गएको छ । केन्द्रमा एउटै गुटमा रहेका जिल्लाका तीन नेताले सभापति पदमा आ आफ्ना उमेद्वार अघि सारेपछि चुनावी माहोल रोमाञ्चक बन्दै गएको हो ।

1641353108323 (1)

नेपाली काङ्ग्रेसको १४औ अधिवेशन सम्पन्न भएपनि विवादमा परेर निर्वाचन हुन नसकेका जिल्लाहरुको निर्वाचन पार्टीले पौष २७ गते गर्ने निर्णय गरेको छ । बारा जिल्लामा पनि २७ गते निर्वाचन हुने भएपछि चुनावी माहोल एकाएक तातिँदै गएको छ । जिल्लामा शेरबहादुर पक्ष शक्तिशाली छ । तर देउवा पक्षबाट नै तीन जना सभापतिको प्रत्यासी भएपछि जिल्ला अधिवेशन अत्यन्तै रोचक र कडा प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
पूर्वमन्त्री एवं सहमहामन्त्री फर्मुला मन्सुरका तर्फबाट संगठन विभाग प्रमुख शम्भुबहादुर बुढाथोकी,

1641381327339

अर्कातिर बहालवाला खानेपानी मन्त्री एवं सहमहामन्त्री उमाकान्त चौधरीका तर्फबाट रामानन्द यादव

 

1641381317571

र पूर्व केन्द्रीय सदस्य राधेचन्द्र यादवका तर्फबाट आफ्नै सुपुत्र कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव

1641381416630

ले जिल्ला सभापतिको उम्मेदवार अघि सारेका छन।
जिल्लाको लामो राजनीति अनुभव बोकेका र पछिल्लो समय केन्द्रीय सदस्य भएका यादवका सुपुत्र, त्यस्तै राजनीतिलाई शालिन ढंगले खेल्ने केन्द्रीय राजनीतिसगै जिल्लामा राम्रो कार्यकर्तासग भिजेका नेता मन्सुरका उम्मेदवार बुढाथोकी र अर्कातिर बहालवाला मन्त्री चौधरीसँग पटकपटक जिल्ला सभापति उम्मेदवार बनेका झिनो मतले पराजित भएका अनुभवीले नेता रामानन्द यादवको उम्मेदवारी घोषणाले उम्मेदवार सगै नेताका जीतहारका रुपमा कार्यकर्ताले विश्लेषण गर्न थालेका छन।

यसैवीच पुस २७ गतेलाई भनिएपनि नेपाली काँग्रेस केन्द्रीय कार्यलयले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन सात वटै प्रदेशमा हुन लागेकोले त्यसलाई मधयनजर गरी माघ १५ गतेका लागि  निर्वाचन मिति तोकेको छ । हेर्नुहोसः

1641387524789

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु