२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

प्रगतिशीलका नवनिर्वाचित पदाधिकारीले वन संरक्षण गर्न लिए सपथ

२०७८ पौष २४, शनिबार मा प्रकाशित ( साल अघि) ५५५ पाठक संख्या

सीता अधिकारी
सिमरा, २४ पुसः प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूले आज पद तथा सपथ ग्रहण गरेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ४ मा रहेको उक्त सामुदायिक वनका नवनिर्वाचित कार्यसमितिका अध्यक्ष कुमारनाथ त्रिपाठी लगायत पदाधिकारीहरूलाई डिभिजन वन कार्यलय बाराका प्रतिनिधि नागेन्द्रप्रसाद बैठाले सपथ गह्रण गराउनुभएको हो ।

 

1641634559560

सामुदायिक वनका निर्वाचन समितिका संयोजक डम्बर खड्काको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वति चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष भोजबहादुर खत्री, नेकपा एमालेका प्रतिनिधि भागवत चौधरी, नेपाली काँग्रेसका प्रतिनिधि रुद्र पौडेल, नेकपा समाजवादीका प्रतिनिधि शिवचन्द्र चौधरी, निवर्तमान अध्यक्ष रमेशप्साद खरेल, वर्तमान अध्यक्ष कुमारनाथ त्रिपाठीलगायतले मन्तव्य राख्नुभएको थियो । निर्वाचन समितिका सदस्य गंगा वाग्लेले सञ्चालन गर्नुभएको कार्यक्रममा निर्वाचन समितिका सदस्य त्रिलोक विक्रम शाहले स्वागत गर्नुभउको थियो । कार्यक्रममा टंकराज ढकाल, हरिप्रसाद सोडारी, हरिप्रसाद अधिकारी, श्यामप्रसाद भट्ट, चिरञ्जीवि पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
निवर्तमान अध्यक्षलाई सम्मान
सामुदायिक वनका निवर्तमान अध्यक्ष रमेश खरेललाई लामो समय सामुदायिक वनमा रहेर वन संरक्षणको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै वर्तमान कार्यसमितिका अध्यक्ष कुमारनाथ त्रिपाठीले दोसल्ला ओढाएर सम्मान प्रदान गर्नुभएको थियो ।

1641634492445

 नव निर्वाचित कार्यसमिति
गत पुस २१ गते भएको प्रगतिशील सामुदायिक वन समितिको निर्वाचनप्रक्रिया सर्वसम्मत रुपमा निर्वाचित कार्यसमितिलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । प्रमाण पत्र प्रमुख अतिथि एवं नगरउपप्रमुख सरस्वती चौधरी र विशिष्ट अतिथि एवं वडा नं ४ का अध्यक्ष भोजबहादुर खत्रीले प्रदान गर्नुभएको थियो ।

 

1641635339662

नव निर्वाचित कार्यसमितिका अध्यक्षमा कुमारनाथ त्रिपाठी, उपाध्यक्ष नेत्रबहादुर खड्का, सचिव रोहिता अधिकारी, सहसचिव शंकर ढकाल, र कोषाध्यक्ष भरत सिंखडा चयन हुनुभएको थियो । त्यसैगरी सदस्यहरुमा डिल्लीप्रसाद अधिकारी, गोमा दाहाल वाग्ले, ज्ञानु पौडेल, शिवहरि अधिकारी, हरिबहादुर विक, रीता पाठक, धना सिंखडा, प्रेमकुमारी ढकाल, झंकराज ढकाल, नागेन्द्र चौधरी, शान्ता सापकोटा,सुमन विसुराल, रमा खतिवडा चयन हुनुभएको छ । त्यसैगरी, एक दलित महिला सदस्य, एक जनजाति महिला सदस्य र १ पुरुष सदस्य कार्यसमितिले मनोनित गर्ने वताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु