२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

एमाले सरकार ढाल्न मुख्य भूमिका खेल्ने प्रचण्ड र माधवकुमार रहेको एमाले महासचिव शंकर पोखरेलको आरोप

२०७८ पौष २९, बिहिबार मा प्रकाशित ( साल अघि) ४७७ पाठक संख्या

एमाले सरकार ढाल्न मुख्य भूमिका खेल्ने प्रचण्ड र माधवकुमार रहेको एमाले महासचिव शंकर पोखरेलको आरोप

कलैया, २८ पुसः नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सरकार ढाल्न मुख्य भूमिका खेल्ने प्रचण्ड र माधवकुमार नेपाल रहेको आरोप लगाउनु भएको छ । ​एमाले बाराको दशौं जिल्ला अधिवेशनको बुधवार कलैयामा उद्घाटन गर्दै महासचिव पोखरेलले कम्युनिष्ट सरकार ढालेर कांग्रेसलाई नेतृत्व सुम्पने काम जनताले नस्विकार्ने जिकिर गर्नुभयो ।

1642040569730

घेराबन्दीमा परेर सरकारबाट बाहिरिनु परेपनि जनताको मनबाट एमालेलाई निकाल्न कुनै शक्तिले नसक्ने भन्दै महासचिव पोखरेलले अबको निर्वाचनमा एमाले पुनः देशकै ठुलो शक्ति भएर सरकारको नेतृत्वमा पुग्ने दावी समेत गर्नुभयो ।
एमाले पर्साको अधिवेशनमा सहभागी भएर बारा आउनु भएका पोखरेलले एमालेलाई मधेस विरोधी भनेर प्रचार गर्दै आफ्नो राजनैतिक अस्तित्व जोगाउदै आएका मधेसवादी दलका नेताको हैसियत जनताले बुझिसकेका कारण पनि एमालेप्रतिको आकर्षण बढ्दो रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा एमाले सचिव एवम् स्थायी कमिटी सदस्य रघुविर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह, पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल,

1642040948962

ज्वाला साह,

1642040599039

सुमनराज प्याकुरेल, प्रदेश २ अध्यक्ष रामअवतार यादव, उपसचिव आरती भण्डारीलगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा पोलिटव्युरो सदस्य अच्युत मैनाली, केन्द्रीय सदस्य बलवीर चौधरी, सरस्वती चौधरी, महमद समीर, प्रदेश बरिष्ठ उपाध्यक्ष रेवती पन्त, प्रदेश सचिव डा. कृष्ण पौडेललगायत प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, जिल्लाका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

1642040864802

एमाले बाराका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन केन्द्रीय सदस्य एव्म जिल्ला सचिव समीर र उपसचिव गोविन्द पौडेलले गर्नुभएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु