२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेका सभापतिका उम्मेद्वार बुढाथोकीको चुनावी अभियान तीव्र

२०७८ पौष ३०, शुक्रबार मा प्रकाशित ( साल अघि) ४९६ पाठक संख्या

सिमरा, ३० पुसः नेपाली काँग्रेस बाराका लागि सभापतिका उम्मेद्वार शम्भुबहादुर बुढाथोकीले चुनावी अभियानलाई तीव्रता दिनुभएको छ ।

1642166604534

आगामी माघ १५ गते हुने भनिएको नेपाली काँग्रेस पार्टीको जिल्ला अधिवेशनका सभापति पदका प्रत्यासी बुढाथोकीले आफ्नो प्रचारप्रसार अभियानलाई तिव्रता दिनुभएको हो । नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले सहयोग गरिरहेका उम्मेदवार शम्भुबहादुर बुढाथोकी बारा जिल्ला संगठन विभाग प्रमुखसमेत हुनुहुन्छ ।

 

1642166586754

उहाँ आफ्नो पक्षमा सभापति पदको नतिजा हात पार्न घरदैलो गर्दै मतदातालाई भेट्न पुग्नु भएको छ । उहाँले आफूले सम्हालेको संगठन विभागको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको भन्दै काँग्रेसलाई एक ढिक्का बनाउन, युवाको हातमा नेतृत्व लिन र सबै स्थानीय तह, सँघ, प्रदेश निर्वाचनमा नेपाली काँग्रेसलाई चुनाव जिताउन पनि आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

Facebook_1642166721475_6887746448551182783

त्यसैगरी उहाँले नेपाली काँग्रेसका वर्तमान सभापति जयचन्द चौरसिया, क्षेत्रीय सभापति प्रभात चौरसिया, सिम्रौनगढ नगरपालिकाका मेयर विजयशंकर यादव, महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, मणिभूषण यादव, मधु शाही ठकुरी, ओमकृष्ण कार्कीलगायत घोषित तथा अघोषित युवा तथा परिपक्व नेताहरुको साथ रहेका कारण आफूले पहिलो चरणमै निर्वाचन जित्ने दावी गर्नुभयो । बुढाथोकीले आन्तरिक प्रतिष्प्रधा भएकोले धेरै साथीहरु खुल्न नचाहेपनि सबैको साथ सहयोग रहन्छ भन्ने कुराले आफूलाई आत्मविश्वास बढ्दै गएको धाराणा राख्नुभयो । तर कोभिडका कारण अधिवेशन हुने नहुने अन्यौलता बढ्दै गएको छ ।
नेपाली काँग्रेसको चौधो महाधिवेशन सम्पन्न भएपनि निर्वाचन हुन नसकेका जिल्लाहरुमा माघ १५ गते निर्वाचन गर्ने निर्णय केन्द्रले गरेको छ । बारा जिल्लाको पनि राजनीतिक गतिविधि बढेको छ । सभापति पदका लागि शम्भुबहादुर बुढाथोकी सँगै रामानन्द यादव र राजेश राय यादव पनि चुनावी अभियानमा लागिरहनुभएको छ । सभापति पदका उम्मेदवार उल्लेखित तिनैजना देउवा निकट मानिन्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु