२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा जेसिसमा पद हस्तान्तरणः२०२२का लागि अध्यक्ष बने पुरुषोतम अधिकारी

२०७८ माघ ९, आईतबार मा प्रकाशित ( साल अघि) ५६९ पाठक संख्या

सीता अधिकारी
सिमरा, ८ माघः सिमरा जेसिस वर्ष २०२२का लागि पुरुषोत्तम अधिकारीलाई पद हस्तान्तरण गरिएको छ । जेसिस सिमरा शाखाका अध्यक्ष शालिकराम अधिकारीले अध्यक्षमा पुरुषोक्तम अधिकारीलाई पद हस्तान्तरण गर्नुभएको हो ।

1642915305370

एउटै पदमा एक वर्षमात्र वस्न पाउने संस्थाको नियमअनुसार अध्यक्ष तथा कार्य समिति समेत चयन भएको छ । शनिवार साँझ सिमरामां आयोजित कार्यक्रममा नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा लक्की रिमाल,बासुदेव अधिकारी चयन हुनुभएको छ । त्यसैगरी अन्य ४ जना उपाध्यक्षहरुमा अस्मिता शर्मा, सविता सुवेदी, सुयोग अधिकारी र शुशिल पौडेल चयन हुनुभएको छ ।
महासचिव लक्ष्मण अधिकारी, सहसचिव राजकुमार सोडारी, त्यसैगरी कोषाध्यक्ष सञ्जिव सुवेदी, कानुनी सल्लाहकार रञ्जित सापकोटा, सहकोषाध्यक्ष मन्जु शर्मा, पव्लिक रिलेशन अफिसर मोहन चौलागाईँ, सदस्य रेवती देवकोटा, तालिम आयुक्त द्वारिका पौडेल, कोष वृद्धि संयोजक रमेश थापा, सचिवालयका लागि माधव भट्टराई, मेडिया रिलेशनका लागि शारदा पोख्रेल, युवा संयोजक सुमित अधिकारी, अतिरिक्त कियाकलाप संयोजक श्यामबाबु रेग्मी र महिला कार्यक्रम संयोजक मुना बराल लगायत चयन हुनुभएको छ।
1642915329702

यसैगरी सल्लाहकारहरुमा राजेन्द्र उप्रेती, हरिशरण अधिकारी, देवकुमार श्रेष्ठ, विनोद सापकोटा, दिलिप ढुँगेल, शेखर चौधरीलगायतलाई चयन गरिएको छ ।

तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमका केन्द्रविन्दु अर्थात प्रमुख अतिथि मधेश प्रदेशका प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्माले उद्घाटन गर्नुभएको कार्यक्रममा विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य शोभा लामा, जीतपुरसिमरा उपमहानगरकी उपप्रमुख सरस्वती चौधरी, नेपाल उद्योग वाणिज्य सँघका केन्द्रिय सदस्य गोपाल केडियालगायतले नयाँ नेतृत्वलाई शुभकामना दिनुभएको थियो ।

1642915356428

कार्यक्रममा नेकपा समाजवादीका दिनेश राई, नेकपा एमालेका जिल्ला सदस्य भोला अधिकारी, नेपाली काँग्रेसका नगर सभापति छवी शर्मा, नेकपा माओवादीका नगर अध्यक्ष प्रेम बराल, होटल व्यवसायी सँघ बाराका अधयक्ष मोहन शर्मा, थानीमाइ सामुदायिक वन समूहका अध्यक्ष गोविन्द अधिकारी, एन प्याव्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, जीतपुर सिमरा उपमहानगरका इञ्जिनियर रामनरेश यादव, युवा नेता राजन पौडेल, रोटरी क्लबका अनिमेश श्रेष्ठ, बारा राइडर्सका अध्यक्ष शेषराज अधिकारी, तराइ यातायातका वरिष्ठ उपाध्यक्ष हरिशरण अधिकारी, सिमरा जेशिसका संस्थापक अधयक्ष धनञ्जय थोकर लगायतको उपस्थिति रहेको थियो ।

1642915388997

कार्यक्रममा मातृसंस्था वीरगञ्जका जेसीस अध्यक्ष, पूर्व अध्यक्ष तथा पदाधिकारी, कलेयाजेसिसका अध्यक्ष तथा पदाधिकारी, त्यसैगरी हेटौडा, चपुर र लालबनदी जेसिसका अध्यक्ष तथा पदाधिकारीहरुलाई समेत आमन्त्रण गरी स्वागत तथा सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु