२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

औराहाका जुझारु युवाद्धारा सुजिता बचाऊ अभियान सुरु, सहयोगका लागि अपिल

२०७८ माघ १५, शनिबार मा प्रकाशित ( साल अघि) ८१४ पाठक संख्या

सिमरा, १५ माघः निमोनिया र टिभी रोगबाट ग्रस्त यहाँकी एक किशोरीको उपचारका लागि मानवीय सेवा भावका व्यक्तिहरुबाट आर्थिक सहयोग जुट्न थालेको छ ।
1643432559890

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वार्ड नं. ४ औराहा सुदर्शन टोल बस्ने सोहना माझी र कोपिला माझीकी १७ वर्षीया छोरी सुजिता माझी बिगत १० दिनदेखि निमोनिया र टिबी रोगले ग्रस्त भई काठमाडौं टेकु हस्पिटलमा उपचार गराई रहेकी छिन, । निम्न वर्गीय परिवारकी सुजिता माझीको आर्थिक अभावका उपचारमा समस्या भएपछि सहयोगी मनहररु उनका लागि आर्थिक सहयोग जुटाउन लागि परेका हुन् । सुजिताको परिवार अति विपन्न रहेको र उपचारमा आर्थिक समस्या रहेको थाहा पार्एपछि औराहाका जुझारु युवाहरु विनोद सापकोटा, फुल महमद, अशोक भट्टराई शंकर भट्ट अजय तामाङ रमन राइलगायतकोर् पहलमा हिजो देखि सुजिता माझी बचाउ अभियान संचालनमा आएको छ, ।

1643430882202

सो अभियानबाट देश बिदेशबाट हाल सम्म ७५ हजार रुपियाा संकलन भईसकेको अभियानमा सहभागी बिनोद सापकोटाले जानकारी दिनुभयो । उठेको रकमबाट २० हजार रुपियाँ शुक्रबार नै बिरामीको आफन्तलाई पठाइसकिएको र बाकी रकम आबश्यकताको आधारमा पठाईने अर्का अभियान्ता फुल महमदले बताउनु भयो । साथै गरिब निमुखा दिनदुखीहरुले उपचार नपाएर अकालमा ज्यान फाल्न नपरोस भनेर यो अभियान संचालन गरेको र सबैले सकेको सहयोग गरिदिनु हुन अभियानमा सहभागी अशोक भट्टराईले अनुरोध गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु