२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अबैध भरुवा बन्दुकसहित तीन शिकारी पर्सा राष्ट्रिय निकुञ्जको गस्ती टोलीद्वारा पक्राउ

२०७८ फागुन १४, शनिबार मा प्रकाशित ( साल अघि) १२३२ पाठक संख्या

सिमरा, १४ फागुनः अवैध रुपमा शिकार खेल्दै गरेका तीन जनालाई पर्सा राष्ट्रिय निकुञ्जको गस्ती टोलीले अवैध हतियारसहित पक्राउ गरेको छ ।
IMG20220225112003

गत विहिबार बेलुकी साँझ ७ बजेर २१ मिनेट जाँदा पर्सा राष्ट्रिय निकुञ्जअन्तरगत पर्ने रतनपुरी रेन्जपोष्टबाट खटिएको एम्बुस गस्ति टोलीले गस्ती गर्दै जाने क्रममा सब डिभिजन वन कार्यालय रतनपुरी बाराको राधेकृष्ण सामुदायिक वन क्षेत्रभित्र विना इजाजत अबैध रुपमा भरुवा बन्दुकसहित शिकार गर्दै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको नीजगढ नगरपालिका १० लालगाउँ बस्ने वर्ष ६५ का लालबहादुर गोले तामाङ्, सोही ठाउँ निवासी वर्ष ३९ का कर्णबहादुर वाइवा र वर्ष २१ का खेमबहादुर कार्की रहेका छन् । त्यसैगरी पक्राउ गरेका व्यक्तिहरुबाट भरुवा बनदुक १ थान, सानो झोला १, ठूलो छरा ११ थान, सानो छरा एक सय २४ थान, बारुद ३५० ग्राम, सिसाको गोली दुई थान, रेड्मी कम्पनीको स्क्रिनसर्ट मोवाइल १ थान, कलर्स कम्पनकिो सानो कि प्याड मोवाइल १ थानसमेत बरामद भएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
IMG20220225105317

पक्राउ परेका व्यक्ति र बरामद भएको सामग्रीलाई डिभिजन बन कार्यलयको जिम्मा लगाइएको निकुञ्जले जनाएको छ ।
IMG20220225111938

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु