२०८१ आश्विन २७, आईतबार
नयाँ
पछिला अपडेट

हुसेन र भट्टराइृको छुट्टाछुट्टै प्यानल दर्ता, खानेपानीमा कसले बाजी मार्ला ?

२०७८ फागुन १४, शनिबार मा प्रकाशित ( साल अघि) १५०५ पाठक संख्या

सिमरा, १४ फागुनः खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा दुई वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।
1645859063074

आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा गठबन्धनका उम्मेदवार राजकुमार भट्टराई र नेकपा एमालेको समर्थनमा कासिम हुसेन नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएका हुन् । भट्टराई नेतृत्वको प्यानललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी तथा हुसेन नेतृत्वको प्यानललाई नेकपा एमालेको समर्थन रहेको छ । गठबन्धनका तर्फबाट भट्टराई नेतृत्वको उपाध्यक्षमा पूर्णचन्द्र तिमिल्सिना, सचिवमा राजेन्द्र सुवेदी, सहसचिव रुद्रनाथ शर्मा र कोषाध्यक्षमा दिलुमाया श्रेष्ठ रहेका छन् । त्यसैगरी । खुल्ला सदस्यका लागि शिवचन्द्र चौधरी, रामबहादुर लामा, दधि प्याकुरेल, रामकुमार भट्टराई, रामकृष्ण तिमिल्सिनाले उम्मेदवारी दिएका हुन् ।

नेकपा एमालेको समर्थनमा हुसेन नेतृत्वको उपाध्यक्षमा शशीकुमार गौतम, सचिव जयकिशोर राउत, सहसचिव सानोबाबु कुर्मी र कोषाध्यक्ष लोकराज पौडेल रहेका छन् । यसैगरी खुल्ला सदस्यमा मुमनाथ शर्मा, प्रकाश बहादुर क्षेत्री, तोयानाथ लुईटेल र राजकुमार बर्तौला उम्मेदवार बनेका छन् । महिला सदस्यमा निर्मला केसी र शुभद्रा कुमारीले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनबाट पाँच पदाधिकारी, चार खुल्ला सदस्य र दुई महिला सदस्य गरी ११ जना निर्वाचित हुनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु