२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा उपमहानगरद्वारा जेष्ठ महिलालाई सम्मान

२०७८ फागुन २४, मंगलबार मा प्रकाशित ( साल अघि) ४९७ पाठक संख्या

सीता अधिकारी
जीतपुर, २४ फागुनः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्रका जेष्ठ नागरिक महिलाहरुलाई सम्मान गरेको छ । ११२ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर नगरभित्रका ८५ वर्षभन्दा माथिका जेष्ठ महिलाहरुदाई सम्मान गरेको हो । नगरले जेष्ठ आमाहरुलाई खादा ओढाएर, हर्लिक्स १ के जी, एक थान छाता, एकथान टर्चलाइट र प्रमाणपत्र प्रदान गरेको छ । नगरभित्रका २४ वडाका जेष्ठ महिला, त्यसैगरी उद्यमी महिला र सञ्चारकर्मी महिला गरी एक सय ६३ जनालाई सम्मान गरेको छ ।

1646730644335

कार्यक्रम उद्घाटन
जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वतिदेवी चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख डा.कृष्ण पौडेलले व्यानर पढी तथा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
1646730581885

कार्यक्रममा नीरु रायमाझी, कोपिला भट्ट, कमला घिमिरे, चयन मगर, सीता सुवेदी, चित्रलेखा चौधरी, देवी सापकोटा, मिरा पुरी, चन्दा कुमारी साह, राधादेवी साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नारी शक्तिकी अध्यक्ष आशा दाहालद्वारा स्वागत गरिएको कार्यक्रमको सहजीकरण दुर्गा न्यौपानेको रहेको थियो ।
1646730694101

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु