२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

हिंसामुक्त कार्यस्थल निर्माणका लागि महिलाको सम्मानलाई प्राथमिकतामा राख्न जरुरी: उपप्रमुख चौधरी

२०७८ फागुन २५, बुधबार मा प्रकाशित ( साल अघि) ३७५ पाठक संख्या

सीता अधिकारी
सिमरा, २५ फागुनः जीतपुरसिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वतीदेवी चौधरीले हिंसामुक्त कार्यस्थल निर्माणका लागि सबैभन्दा पहिला महिलालाई गरिने सम्मानलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताउनुभएको छ ।

1646840543673

संचार हब प्रालिको संयोजनमा मिडिया एडभोकेसी ग्रुप (म्याग) र सोलिडारिटी सेन्टरले बुधवार सिमरामा आयोजना गरेको ‘महिलाको सफmलताका लागि हिंसामुक्त कार्यस्थलको आवश्यकता’ विषयक अन्तरसंवाद कार्यत्रमका सन्दर्भमा उपप्रमुख चौधरीले सो कुरा बताउनुभएको हो । महिलाले हरेक क्षेत्रमा प्रतिनिधित्व गर्न पाउनुपर्ने, महिलालाई अवसर दिनुपर्ने, निति निर्माण तहमा महिलाको उपस्थितीलगायत सामाजिक गतिविधिमा महिलाको सहभागिता अनिवार्यजस्तै हुनुपर्ने उपप्रमुख चौधरीको भनाई थियो । त्यसका लागि महिला पनि सक्रिय रुपमा अघि बढ्न जरुरी रहेको उपप्रमुख चौधरीले बताउनुभएको थियो ।

बारा जिल्लाका विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागिता जनाएका महिलाले सार्वजनिक क्षेत्रसहित, कार्यस्थल र घरमा व्यहोर्नुपरेको हिंसा र त्यसको न्युनिकरणका विषयमा चर्चा गरेका थिए । हिंसामुक्त समाज र कार्यस्थल निर्माण नभएसम्म सामाजिक सुशासनको कल्पना गर्न नसकिने भन्दै सहभागीले घरघरबाट हिंसाविरुद्धको अभियान सुरु गर्न आवश्यक रहेको बताए । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वतीदेवी चौधरी, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्याल, प्रेरणा काठमाण्डौकी प्रतिनिधि निर्मा चौधरी, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक निरिक्षक सुभद्रा सुनार, अधिवक्ता दामोदर पौडेलले सहभागीको जिज्ञासालाई सम्बोधन गर्नुभएको थियो ।
1646840564776

कार्यक्रममा सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अनिता लम्साल अधिकारी, महिला सरोकार मञ्चकी अध्यक्ष देवी सापकोटा, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी भएकी रिना बजगाई, मानव अधिकारका लागि एकल महिला बाराकी अध्यक्ष मिरा पुरी, संचार हब प्रालिका अध्यक्ष दिवाकर भण्डारी, श्रमिक महिला प्रतिनिधि तारा पौडेल, रञ्जिता बस्नेत, राधिका खतिवडा, नेपाल अपांग सेवा संघ बाराकी चन्दाकुमारी साह, अधिकारकर्मी विदुर खड्का, सिमरा ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक अमृत मैनाली, प्रहरी हवल्दार तेजकुमार मिश्र, जीतपुरसिमरा उमपहानगरपालिकाको महिला बालबालिका शाखाकी कर्मचारी नितु साह, जिल्ला ट्राफिक प्रहरी कार्यालयकी स्वस्तिका सुवेदी, करुणा तामाङ, होटल तथा पर्यटन व्यवसायी संघ बाराकी प्रतिनिधि कल्याणी गौतम, मिरा थापालगायत विद्यार्थी, संचारकर्मी, स्वास्थ्यकर्मीलगायत विभिन्न संघसंस्थाको महिला प्रतिनिधिको सहभागिता रहेको थियो ।कार्यक्रमको बारेमा मिडिया एडभोकेसी ग्रुप (म्याग) का प्रतिनिधि निलिसा बर्माले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण संचार हब प्रालिका प्रतिनिधि श्रीराम रेग्मीले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु