२०८१ कार्तिक २७, मंगलबार
सिमरा, २८ फागुनः आज हुने भनिएको नेपाली काँग्रेस बाराको सभापतिको निर्वाचन भोलि हुने भएको छ । फागुन २५ गतेका दिन भएको निर्वाचनमा सभापति पदका लागि भएको निर्वाचनमा कुनै पनि पक्षले ५० प्रतिशत मत ल्याउन नसकेको अवस्थामा तीन पक्षमध्ये दुईवटा अधिकतम मत ल्याएको पक्षहरु राजेशराय यादव र शम्भुबहादुर बुठाथोकीवीच आज प्रतिस्पर्धा हुने भनिएको थियो । विविध कारणले आज निर्वाचन हुन नसकेपछि भोलि आइतबार विहान ८ बजेका लागि श्री ३ चन्द्र मावि कलैयामा हुने बताइएको छ । निर्णय हेर्नुहोस्
ः