२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

जगदम्बा जीतपुरसिमरा गोल्डकपमा सुदुरपश्चिम ११ धनगढीको बिजयी सुरुवात

२०७८ चैत्र ११, शुक्रबार मा प्रकाशित ( साल अघि) ७०४ पाठक संख्या

सिमरा, १० चैतः जगदम्बा जीतपुरसिमरा गोल्डकपको १२औं संस्करणमा ए डिभिजनको फ्रेण्ड्स क्लबमाथी सहज जित निकाल्दै सुदुरपश्चिम ११ धनगढीले बिजयी सुरुवात गरेको छ । सिमरा रंगशालामा विहिवार भएको उद्घाटन खेलमा सुदूरपश्चिमले फ्रेण्ड्समाथी ३–१ ले सहज जित निकालेको हो ।

1648154607639

उद्घाटन खेलमा फ्रेण्ड्सलाई पन्छाएको सुदूरपश्चिम प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । फ्रेण्डसमाथि फराकिलो जित हात पार्ने क्रममा सुदूरपश्चिमका लागि धनराज थापा, दिपांकराज सिंह र फागुराम थारुले समान एक/एक गोल गरेका छन् । फ्रेण्ड्सका लागि प्रेमबहादुर भण्डारीले सान्तवना गोल फर्काए । ए डिभिजनको क्लबमाथि हावी देखिएको मोफसलको सुदुरपश्चिमले खेलको २२औं मिनेटमा अग्रता बनायो । फ्रेण्ड्सको कमजोर रक्षापंक्तीको फाईदा उठाउदै सुदूरपश्चिमा धनराज थापाले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । थापाको गोलले उत्साहित सुदूरपश्चिमले फ्रेण्ड्सले बनाएको केही अवसरलाई सफल हुन दिएन् ।
आकर्षक खेल पस्कन नसकेको फ्रेण्ड्सविरुद्ध सुदूरपश्चिमले दोस्रो हाफको सुरुवातमै अग्रता दोब्बर पारेको थियो । खेलको ५४औं मिनेटमा सुदुरपश्चिममा रक्षक दिपांकराज सिंहले गोल गरे । उनको कमजोर प्रहारलाई सहजै नियन्त्रणमा लिन खोज्दा फ्रेण्डस्का गोलरक्षक अभिशेक बरालको हातमा लागेर बलले जाली चुमेको थियो । थापाले प्रहार गरेको बल बरालको हातबाट फुस्किएर गोल भएपछि खेल २–० को स्थितीमा पुगेको थियो ।खेलको म्यान अफ दि म्याच सुदुरपश्चिमका दिपांकराज सिंह घोषित भए । उनले नगद पाँच हजार र ट्रफि प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत शुक्रवार बिएफसी चितवन र बाग्मती युवा क्लब सर्लाहीबीच खेल हुनेछ । यसअघि प्रतियोगिताको उद्घाटन मधेसका प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले गरेका थिए । चैत्र १९ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ ।
1648154597628

प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहेको छ । फ्रेण्डस र सुदूरपश्चिमसहित प्रतियोगितामा साविक बिजेता संकटा क्लब, एनआरटी क्लब, हिमालयन शेर्पा, एपिएफ एफसी, बिएफसी चितवन, बिजय युथ हेटौडा, वाग्मती युवा क्लब र आयोजक नव जनजागृति युवा क्लब सहभागी छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाईकल वा स्कुटर प्राप्त गर्ने आयोजक नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको उदयीमान स्थानिय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गरिने लामाले जानकारी दिएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा र जगदम्बा स्टील्स्को मुख्य प्रायोजनमा आयोजना भएको प्रतियोगिताको अनुमानित लागत करिब ८३ लाख रहेको छ । मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा पहिचान स्थापित गरिसकेको प्रतियोगितालाई यस वर्षदेखी सिमरामा रहेको जगदम्बा स्टील्स्ले मुख्य प्रायोजन गरेको हो । प्रतियोगितालाई सौर्य सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, सुर्य नेपाल, हुलास स्टील्स्, क्याल ग्रुप, अमृत घ्युले सहप्रायोजकको रुपमा सहकार्य गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु