२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा कलेजको चौथो कलेज सभा सम्पन्न, कलेजको शैक्षिक आर्थिक उन्नतिको लागि ५ करोड माथिको सहयोग गर्ने सघीय सांसद मियाको प्रतिबद्धता

२०७८ चैत्र ११, शुक्रबार मा प्रकाशित ( साल अघि) ११२१ पाठक संख्या

सीता अधिकारी
सिमरा, ११ चैतः सिमरा कलेजको आर्थिक उन्नतिका लागि आफ्नोतर्फबाट सकेको सहयोग गर्ने प्रतिनिधि सभाका सदस्य एकवाल मियाले प्रतिबद्धता जनाउनुभएको छ ।
1648197959709

जितपुरसिमरा उपमहानगरपालिका वडा नं २ मा रहेको सिमराको शैक्षिक शान सिमरा कलेजको चौथो कलेजसभालाई सम्बोधन गर्दै सँघीय सांसद मियाले भारतीय राजदुताबासबाट ५ करोड माथिको सहयोग गर्नसक्ने बताउनुभएको हो । उहाँले कलेजले प्रस्तावना पेस गरे त्यसलाई कार्यान्वयन गर्नका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

1648197923163

कार्यक्रममा संविधानसभा सदस्य जयराम दाहालले सैदान्तिक शिक्षाभनदा पनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो। त्यसैगरी मधेष प्रदेशका सदस्य बारा क्षेत्रनं ४ कका साँसद सुन्दर विश्वकर्मा, मधेष प्रदेश सदस्य शोभा लामाले कलेजको आर्थिक, शैक्षिक र भोतिक स्तर उन्नतिका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी पुरस्कृत

कार्यक्रममा कलेजमा अध्ययन गरी उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई रु ५ हजार १ सय नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरिएको थियो । त्यसैगरी कलेजको अक्षयकोष स्थापनार्थ सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो । त्यसैगरी कलेजको शैक्षिक स्तरोन्नतिका लागि विशेष सहयोग पुर्याउने प्राध्यापक डा .ओम बराल र सहप्राध्यापक राजेश्वर आचार्यलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

1648198056429

त्यसैगरी कलेजको अक्षयकोष स्थापनार्थ सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा कलेजका तर्फबाट प्रमुख अतिथि , अतिथिहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

शुभकामना मन्तव्य

सिमरा कलेज सञ्चालन समितिका अध्यक्ष मदन बहादुर क्षेत्रीको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भरतबहादुर श्रेष्ठ,नेकपा माओवादीका क्षेत्रबहादुर श्रेष्ठ अनिल, सिमरा कलेजका संस्थापक अध्यक्ष भोला अधिकारी, नेपाली काँग्रेसका नगर सभापति छवी शर्मा, एमालेका रविन्द्र खकुरेल, नेकपा एकीकृत समाजवादीका नगर संयोजक कृष्ण खनाल, राप्रपा नेपालका नगर संयोजक माधव त्रिपाठीलगायतले कलेज सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कलेज प्रमुख शालिकराम अधिकारीले कलेजको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कलेजका अध्यापक डा. द्धारिका उप्रेतीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो

1648198117198

दानवीरप्रति सम्मान व्यक्त गर्दै स्मरण

प्रतिनिधि सभा सांसद एकवाल मियाले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको कार्यक्रममा कलेज स्थापनामा सबैभन्दा बढी दान दिने व्यक्ति दानवीर वासुदेव डङ्गोलको स्मृतिमा मौन धारण गरी दिवगंत आत्माको चीर शान्तिको कामनासमेत गरिएको थियो ।

कार्यक्रममा उपस्थिति

कार्यक्रममा मधेष प्रदेश सदस्य सीता गुरुङ, प्रा डा विरेन्द्र मिश्र, त्रि.वि प्रतिनिधि होमबहादुर क्षेत्री, राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय सदस्य कर्ण थापा, प्रदेश कमिटि सदस्य राजन पौडेल, लोकतान्त्रिक समाजवादकिा वरिष्ट नेता राजाराम साह, गौरीशङ्कर क्याम्पसका प्रमुख रामप्रसाद गौतम, नेपाल राष्ट्रिमार आचार्य, बकुलिया मावि का सहायक प्रधानाध्यापककालिका ढकाल, जनतामावि रजघट्टाका प्र अ राजुअधिकारी,समाजसेवी कृष्णव्रत सिंह, हरि थपलिया, जनकल्याण सहकारीसंस्थाका अध्यक्ष कमला घिमिरे, सिमरा महिला साकोसका कोषाध्यक्ष गीता शर्मा, सिमरा खनेपनी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कासिम हुसेन , राधाकृष्ण मधयवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सत्य श्रेष्ठ, भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पेशल मुल्मी, मुसर्नीमाई मध्यवर्ती सामुदायिक वनउपभोक्ता समितिका अध्यक्ष, कुवेर न्यौपाने, प्रगतिशील सामुदायिक वन उपभोक्ता समिति औराहाका अध्यक्ष कुमारनाथ त्रिपाठी, नेपाल राष्ट्रिय मावि सिमराका शिक्षक शिक्षिकाहरु
सिमरा कलेजका सहायक कलेज प्रमुख चन्द्रबहादुर लिम्बु, शिक्षक प्रतिनिधि सञ्चबहादुर दोङ लगायत कलेजका शिक्षक, कलेजका सञ्चाक समितिका सदस्यहरु, कलेजका दानवीरहरु कलेजका कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

1648198074954

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु