२०८१ अषाढ ३०, शनिबार
नयाँ
पछिला अपडेट

सिमरा महिला साकोसले मनायो पन्ध्रौँ स्थापना दिवस

२०७८ चैत्र ११, शुक्रबार मा प्रकाशित ( साल अघि) ४९५ पाठक संख्या

सिमरा, ११ चैतः सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ । आज दीप प्रज्वलन गरी स्थापना दिवस मनाएको हो ।
1648218513032

दिप प्रज्वलन गर्नुभन्दा अघि भएको ओैपचारिक कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वतीदेवी चोैधरीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिका प्रशासकीय अधिकृत चेतकुमार पोख्रेल, कार्यपालिका सदस्य सुमित्रा कार्की, शुभद्रा न्यौपाने, नगरपालिकाका सहकारी शाखा प्रमुख दुर्गा न्यौपानेले सहकारीको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष अनिता लम्सालको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा संस्थाका कोषाध्यक्ष गीता शर्माले धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संसथाका सचिव भिमादेवी शर्माले गर्नुभएको थियो । कार्यक्रममा लेखा समिति संयोजक सरस्वती गौतम, सञ्चालक समिति, उपसमितिका सदस्य तथा सेयर सदस्यहरुको उपस्थति रहेको थियो ।

पुनस्थापना केन्द्रको लागि सामग्री हस्तान्तरण

संस्था स्थापना दिवसकै अवसर पारेर संस्थाद्वारा सञ्चालित जीतपुरसिमरा महिला पुनर्स्थापना केन्द्र सञ्चालनका लागि आवश्यक भाडावर्तनलगायतका सामग्री हस्तान्तरण गरिएको छ । उपमहानगरका तर्फबाट उपप्रमुख सरस्वतिदेवी चौधरीले संस्थाका अध्यक्ष अनिता लम्साललाई सामग्रीको सूची हस्तान्तरण गर्नुभएको थियो ।

1648218538415

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु