२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाग्मती युवा क्लब सर्लाही सिमरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश

२०७८ चैत्र १२, शनिबार मा प्रकाशित ( साल अघि) ५१८ पाठक संख्या

सिमरा, चैत ११ः बाराको सिमरामा जारी जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकपको दोस्रो दिनको खेलमा बि.एफ.सी चितवनलाई हराउँदै बाग्मती युवा क्लब सर्लाही क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा चितवनलाई २/१ पराजित गर्दै बाग्मती अन्तिम आठमा प्रवेश गरेको हो ।

 

चितवन विरुद्ध रोमाञ्चक जित हात पार्ने क्रममा बाग्मतीका दिनेश चाम्लिङ्ग राई र प्रदिप लम्सालले गोल गरे । बाग्मतीका लागि रोशन क्षेत्रीले गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलको १५ औं मिनेंटमा चितवनले खेलमा अग्रता लिएको थियो । रोशन क्षेत्रीले वन भर्सेस वनको अवस्थामा गोल गरे । क्षेत्रीको प्रहारलाई बाग्मतीका गोल रक्षक प्रिसोले झुक्किए र बललाई नियन्त्रणमा लिन सकेनन् ।
चितवनले लिएको अग्रता बराबरीमा ल्याउँने क्रममा बाग्मतीका दिनेश चाम्लिङ्ग राईले खेलको २३ औं मिनेंटमा गोल फर्काए । डिबक्स भित्रबाट दिनेशले गरेको प्रहार चितवनका गोल रक्षक मनोज गुरुङ्गले ठम्याउँन सकेनन् ।
उनको उत्कृष्ट गोलले खेलमा पुनरागमन गरेको बाग्मतीले पहिलो हाफमा चितवनलाई नियन्त्रणमा लिन सफल भयो ।
चितवन विरुद्ध पहिलो हाफमा तालमेल बनाएको बाग्मतीले विपक्षी टोलीको केही प्रयासलाई असफल तुल्याएको थियो । दोस्रो हाफमा चितवन केही लयमा देखियो । केही राम्रा अवसर बनाए पनि फिनिसिङ्गमा चुकेको चितवनले बाग्मतीलाई दवावमा राख्यो । खेलको ६५ औं मिनेंटमा चितवनका जोहनले गोल गर्ने सुनौलो अवसर गुमाए । उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । दोस्रो हाफमा तालमेलको अभाव देखिएको बाग्मतीले अन्तिम समयमा भने उत्कृष्ट खेल पस्कियो । चितवनलाई स्तब्ध पार्ने क्रममा बाग्मतीले खेलको ८१ औं मिनेंटमा बिजयी गोल गरेको थियो ।
बाग्मतीका प्रदिप लम्सालले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
अन्तिम समयमा अग्रता लिए पछि उत्साहित बाग्मतीले चितवनलाई पूर्ण दवावमा राख्दै नतिजा आफ्नों पक्षमा पार्न सफल भयो ।
प्रतिस्पर्धात्मक खेलमा बाग्मती विरुद्ध पराजय भएको चितवन भने प्रतियोगिताबाट बाहिरियो । शुक्रवार आयोजित खेलको म्यान अफ दि म्याच बाग्मतीका दिनेश चाम्लिङ् राई घोषित भए । उनले नगद पाँच हजार हात पारे । प्रतियोगिता अन्तर्गत शनिवार न्युरोड टिम (एन.आर.टी) र विजय युथ क्लब बिच खेल हुँने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु