२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

न्युरो टिम जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश

२०७८ चैत्र १२, शनिबार मा प्रकाशित ( साल अघि) ५५७ पाठक संख्या

सिमरा, १२ चैतः बिजय युथ क्लब हेटौडालाई पराजित गर्दै न्युरो टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शनिवार भएको खेलमा एनआरटीले बिजय युथमाथि ३–१ को जित निकालेको हो ।

1648314726020

एनआरटीको जितमा मासुकी ईहिनी अलोमोले दुई र स्टेफेन समिरले एक गोल गरे । हेटौडाका लागि बिमल राना मगरले गोल गरेका हुन् । निर्धारित समयमा दुबै टिमले १ –१ को बराबरी खेलेफछि खेल अतिरिक्त समयमा धकेलिएको हो । अतिरित्त समयमा एनआरटीले दुई गोल थप्दै फराकिलो जित हात पारेको हो । खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हेटौडा प्रतियोगिताबाट बाहिरिन पुगेको छ ।खेलको १८औं मिनेटमा अमिर श्रेष्ठको पासमा बिमल राना मगरले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अमिरको उत्कृष्ट पासको सदुपयोग गरेका बिमलको प्रहारलाई एनआरटीका गोलरक्षक प्रदीप भण्डारीले ठम्याउन सकेनन् ।प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा एनआरटीले बराबरी गोल फर्कायो । बिशाल तामाङ्गको क्रसलाई सदुपयोग गर्दै मासुकीले खेल १–१ को स्थितीमा पुर्‍याएका थिए । मासुकीको गोलपछि खेल रोमाञ्चक बन्न पुगेको थियो ।
दुबै टिमले उत्कृष्ट खेल पस्किए । खेलको २३ औं मिनेटमा हेटौडाका अमिर श्रेष्ठको फ्रिकिक प्रहार क्रसबारबाट बाहिरिन पुग्दा बिजय युथले गोल गर्ने अवसर गुमाएको थियो । खेलको ४३औं मिनेटमा बिजय युथका लागि मार्टिनले गोल गरेपनि रेफ्रि नविन्द्र महर्जनले अफसाईड घोषित गरेका थिए ।त्यसअघि खेलको २१औं मिनेटमा एनआरटीले गरेको गोल पनि अफ घोषित गरिएको थियो । एनआरटीका लागि आन्द्र थेरीले गोल गरेपनि उक्त गोलले मान्यता पाएन । बिजय युथको तुलनामा लयमा देखिएको एनआरटीले खेलको ६०औं मिनेटमा गोल गर्ने राम्रो अवसर खेर फाल्यो ।
मासुकीले डिबक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बललाई हेटौडाका गोलरक्षक अशोक बरालले उत्कृष्ट बचाउ गरेपनि नियन्त्रणमा लिन नसक्दा एनआरटीका दीपेश घलेले अवसर प्राप्त गरे । तर दीपेश पनि गोल गर्न चुके । उनको प्रहार क्रसबारमा लागेर फर्कियो ।
खेलको ६६औं मिनेटमा हेटाौडाका गौरव श्रेष्ठले विशाल तामाङ्गलाई फल गरेपछि एनआरटीले डिबक्स बाहिर फ्रिकिक प्राप्त गरेको थियो । एनआरटीका रन्जन बिष्टले गरेको उक्त फ्रिकिक बललाई बिजय युथका अशोक बरालले उत्कृष्ट बचाउ गरे ।निकै प्रतिस्पर्धात्मक बनेको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पहिलो मिनेटमै एनआरटीले खेलमा अग्रता लियो । एनआरटीका मासुकीले ब्यक्तिगत दोस्रो गोल गर्दै खेल २–१ को स्थितीमा पुर्‍याए ।
मासुकीको गोलपछि हेटौडा केही दवावमा देखियो । खेलमा अग्रता लिएफछि आक्रामक देखिएको एनआरटीले लगातार अवसर बनायो र अतिरित्त समयको २५ औं मिनेटमा गोलअन्तर फराकिलो पार्‍यो । वन भर्सेस वनको अवसर पाएका स्टेफेन समिरले गोल गर्दै एनआरटीको जितलाई सहज बनाएका थिए ।
एनआरटीको जितमा दुई गोल गरेका मासुकी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद पााच हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत हिमालयन शेर्पा क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ ।नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पााच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु