२०८१ मंसिर ९, आईतबार
नयाँ
पछिला अपडेट

खाद्य प्रविधि तथा गुण नियन्त्रण पर्साद्वारा नीजगढका होटलहरु अनुगमन गरी स्टिकर टाँस

२०७८ चैत्र १५, मंगलबार मा प्रकाशित ( साल अघि) ९४२ पाठक संख्या

सीता अधिकारी
सिमरा: बाराको नीजगढ नगरपालिकामा रहेका होटलहरुमा आज खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखा डिभिजन कार्यलय पर्साले स्टीकर टास गरेको छ ।
पूर्वपश्चिम राजमार्गमा पर्ने नीजगढबजारका होटलहरुको खाद्य गुणस्तर र स्वच्छतासम्बन्धी अनुगमन गरी स्टिकर टास गरेको हो । दुई महिनाअघि नीजगढ नगरपालिकाको सहजीकरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखा डिभिजन कार्यलयले होटलसञ्चाकहरुलाई खाद्य गुणस्तर र स्वच्छतासम्बन्धीको तालिम दिएको थियो । तालिमपछि होटलको किचेनको सरसफाइ, सेफहरुको सरसफाइ, शौचालय सरसफाइ, खाद्यान्न्न गुणस्तर, भौतिक पक्ष, अभिलेखजस्ता कुरालाई आधार मानेर सामान्य पहेलो, सन्तोषजन एक तारे, उत्तम दुईतारे र अति उत्तम तीनतारे गरी चार प्रकारको स्टिकर टास गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखा डिभिजन कार्यलय पर्साका प्रमुख विकी राउतले बताउनुभयो । उहाले नीजगढ बजारका १५ वटा होटलहरुमा स्टिकर टास गरेको बताउनुभयो ।
1648558086754

होटल रेष्टुरेन्ट अनुगमन तथा स्टिकर टास कार्यक्रममा नीजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनाल, नीजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की, पर्यटन व्यवसायी युवराज लामा, होटल तथा पर्यटन व्यवसायी मधेष प्रदेश संयोजक मोहन शमा लामिछाने, उपभोक्ता संरक्षण हित महासधघ का मधेश प्रदेशका सदस्य अरुण खनाल, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु