२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाली काँग्रेस जीतपुरसिमरा नगर कार्यलयको उद्घाटन

२०७८ चैत्र २३, बुधबार मा प्रकाशित ( साल अघि) ५९२ पाठक संख्या

सीता अधिकारी
सिमरा, २३चैतः नेपाली काँग्रेस जीतपुरसिमरा नगर कार्यलयको आज उद्घाटन भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ स्थित जीतपुरबजार केराढोका नजिक पार्टीको सम्पर्क कार्यलय नेपाली काग्रेसका सभापति राजेशराय यादवले उद्घाटन गर्नुभएको हो ।

1649236681216
कार्यलय उद्घाटनपछिको मन्तव्यमा सभापति यादवले आफू आफूमा द्वन्द नगरी आगामी चुनावमा बहुमत ल्याउने हिसावले चुनावी अभियानमा सबै जना लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सभापति यादवले पार्टीभित्रको आन्तरिक गुनासा छन् भने त्यसलाई घरभित्रै सल्टाउन पनि आग्रह गर्नुभएको छ ।
नगर सभापति छवी शर्माको सभापतित्वमा भएको कार्यक्रममा संविधान सभा सदस्य सशोभाकर पराजुली, संविधान सभासदस्य लाल बावु सिंह, नेपाली काँग्रेसका मधेषप्रदेश सहमहामन्त्री जयनारायण सिंह, मधेष प्रदेस सभा सदस्य शोभा लामा, जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल पाल, २ नं क्षेत्रीय सभापति रामप्रवेश यादव, क्षेत्रीय सभापति रामप्रवेश यादव, नेपाली काँग्रेसका नेता कृष्णव्रत सिंह, क्षेत्र नं ४ का क्षेत्रीय सभापति सुमनकुमार भट्टराई, क्षेत्र नं ३ क का सभापति राम चौधरी, महाधिवेशन प्रतिनिधि ओमकृष्ण कार्की, प्रदेश सभा उम्मेदवार विजय गुप्ता, महाधिवेशन प्रतिनिधि श्याम गुप्ता, नेतृ नारायणी रायमाझी, राधादेवी साह, गीता शर्मा, गंगा काफ्ले, दुर्गा रिजाल, नेविसँघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी, निर्वाचित वडा अध्यक्षहरु हिरा बहादुर गुरुङ, रामबाबु गुप्ता, नवराज खड्का, लालबाबु चौधरी, नगर उद्योग वाणिज्य सँघका अधयक्ष सञ्जय साह, प्रदेश अधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, नगर कार्य समिति, वडा कायृ समति लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव यज्ञ तिवारीले गर्नुभएको थियो ।

1649236653450

1649236631384

1649236570836

1649236618523

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु