२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

काँग्रेस नगर समितिबाट मेयरमा एघार र उपमेयरमा तेह्र आकाँक्षीको नाम सिफारिस

२०७९ बैशाख ८, बिहिबार मा प्रकाशित ( साल अघि) ८५० पाठक संख्या

सिमरा, ८ बैशाखः नेपाली काँग्रेस जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्य समितिले मेयर र उपमेयर पदका लागि नाम सिफारिस गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले गठबन्धनीय तालमेललाई प्राथमिकता दिई भागवण्डाको पद सार्वजनिक गरेपनि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको काँग्रेस नगर कार्य समितिले मेयर र उपमेयर पदका लागि आकाँक्षी उम्मेदवारको नाम सिफारिस गरेको हो ।
मंगलबार बसेको नगर कार्य समितिको बैठकले मेयर पदका लागि आकाँक्षी देखिएका कृष्णवर्त सिंह, निरु रायमाझी, श्यामबाबु गुप्ता, ओमकृष्ण कार्की, टिकाराम पौडेल, सुमनकुमार भट्टराई, शोभाकर पराजुली, माधव उपाध्याय, रुद्र पौडेल, देवेन्द्र उपाध्याय र गंगा काफ्लेको नाम सिफारिस गरेको छ ।
त्यसैगरी उपमेयर पदका लागि गीता शर्मा, राजमणि बराल, कपिलदेव यादव, मेघा शाही, राधादेवी साह, रामबाबु गुप्ता, रीताकुमारी रिजाल, रेशम तिवारी, ईश्वरी ठाकुर, शरदचन्द्र भट्टराई, छवी शर्मा, श्याबाबु सिंह भूमिहारलगायतको नाम सिफारिस गरिएको छ । नगर कार्य समितिका सभापति छवी शर्माको अध्यक्षतामा बसेको बैठकले उक्त नाम सिफारिस गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु