२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सहज न्याय र समृद्ध नगरका लागि मेरो उम्मेद्वारीः मेघा शाही

२०७९ बैशाख १३, मंगलबार मा प्रकाशित ( साल अघि) ८४० पाठक संख्या

समृद्ध जीतपुरसिमरा उपमहानगरपालिका निर्माणका लागि युवाको दावेदारी भन्ने नाराका साथ जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयर पदमा गठबन्धनका तर्फबाट मेघा शाहीले आफ्नो उमेद्वारी दर्ता गराएकी छन् । हामीले जीतपुर सिमरा उपमहानगरपालिकामा आफ्नो उम्मेद्वारी दर्ता गराएका प्रमुख तथा उपप्रमुखहरुको उपमहानगरलाई समृद्धि शिखरमा पुर्याउन के के योजना छन् त ? आज हामीले जीतपुर सिमरा उपमहानगरको उपप्रमुखमा आफ्नो मनोनयन दर्ता गराएकी मेघा शाहीको राजनीतिक संघर्षका बारेमा छोटकरीमा प्रकाशन गरेका छौःँ

को हुन् मेघा शाही ?

बाराको अमलेखगञ्जमा ३१ वर्ष अघि जन्मिएकी मेघा शाही जुझारु युवा नेतृ हुन् । समृद्ध जीतपुरसिमरा उपमहानगरपालिका निर्माणका लागि गठबन्धनका तर्फबाट उपमेयर पदमा नेपाली काँग्रेसले शाहीलाई अघि सारेको छ । सुन्दर र मिस्ठभाषी शाही मिलनसार र सबैसँग समान व्यवहार गर्ने युवा नेतृकी रुपमा चिनिन्छिन् । शिक्षा र राजनीति शास्त्रमा स्नात्तकोत्तर गरेकी शाहीको राजनीति बाराको राष्ट्रिय माविबाट सुरू भएको हो । उनी त्यहाँ इकाइ सभापति भएकी थिइन् । पछि नेविसंघ जिल्ला कोषाध्यक्ष र उपाध्यक्ष भएकी मेघा ठाकुरराम क्याम्पस वीरगञ्जमा दुई पटक इकाइ सभापति पनि भइन् । साथै नेविसंघको ११ औं महाधिवेशनबाट मधेश प्रदेशमै धैरै मत ल्याएर केन्द्रीय सदस्य समेत बनिसकेकी उनले उपमेयर पदमा मनोनयन दर्ता गराएकी हुन्

के छन् त योजना ?

नेविसंघको राजनीतिबाट आफू अब पार्टीको मूलधारको राजनीतिमा आएको मेघाले बताएकी छन् । अबको शासन युवाले सम्हाल्नुपर्छ, नेतृत्व युवाको नै हो भन्ने सोच राख्ने उनी समाज र देश निर्माणका लागि युवाको सोच र शक्ति प्रयोग गर्न पनि आफ्नो उम्मेदवारी भएको बताएकी छन् । उनी आफू कानुनको विद्यार्थी पनि भएकाले सर्वशुलभ रुपमा सर्वसाधारणलाई कानुनी हक अधिकार दिलाउन लागि पर्ने बताएकी छन् । उनले उपमहानगरभित्र शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा काम गर्न आफूले चाहेको बताएकी छन्।, दलित, महिला, बालबालिका, जेष्ठ नागरिकजस्ता लक्ष्यित वर्गको उत्थानका लागि आफू सदा लागिरहने उनले बताएकी छन् । औधोगिक नगरीको रुपमा रहेको यस उपमहानगरपालिकामा उद्योगलाई व्यवस्थित गर्न उद्योगबाट नगरका हरेक क्षेत्रमा सुधार गर्न उद्योगी व्यवसायी तथा उनीहरुको व्यवसाय सुरक्षित राख्न बढी भन्दा बढी युवालाई रोजगारका अवसर दिन, पर्यटन् विकास, वातावरण संरक्षण, सरसफाइ, माटो सुहाउँदो कृषि बालीका लागि आफ्नो उमेद्वारी भएको बताएकी छन् ।

प्रस्तुतिः सीता अधिकारी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु