२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

निडर र हक्की स्वभावकी सरस्वती भन्छिनः सबैको मनमुटुमा बस्न सफल भएकी छु ।

२०७९ बैशाख १५, बिहिबार मा प्रकाशित ( साल अघि) ११४३ पाठक संख्या

समृद्ध जीतपुरसिमरा उपमहानगरपालिका निर्माणका लागि युवा तथा महिलाको दावेदारी भन्ने नाराका साथ जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका तर्फबाट सरस्वती चौधरीले आफ्नो उमेद्वारी दर्ता गराएकी छन् । हामीले जीतपुर सिमरा उपमहानगरपालिकामा उम्मेद्वारी दर्ता गराएका प्रमुख तथा उपप्रमुखहरुका बारेमा उनीहरुको भिजन र योजनासहितका कुरालाई प्रकाशन गर्दै आएका छौँ । उपमेयर पदमा रहेर गर्न नसकेका कार्यहरु अवको दिनमा पूरा गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेकी छन् । यसै सन्दर्भमा आज हामीले नेकपा एमाले पार्टीबाट मेयर पदमा मनोनयन दर्ता गराएकी उनै सरस्वती चौधरीसँग उपमहानगरलाई समृद्धिको शिखरमा पुर्याउन के के योजना छन् त ? उनको योजना र दृष्टिकोणलाई प्रस्तुत गरेका छौःँ

को हुन् सरस्वती चौधरी

वि. सं २०३६ सालमा पर्साको सोलकपुरमा जन्मिएकी सरस्वती चौधरी निडर, साहसी र हक्की स्वभावकी छिन् । २०५८ सालदेखि राजनीतिक संगठनमा आवद्ध भएकी उनी ५ वर्षअघि शिक्षकको जागिर छाडेर जीतपुर सिमरा उपमहानगरपालिकाको उम्मेदवार भइ जीत हासिल गरेकी थिइन् । त्यतिबेला प्रशासनिक ज्ञान नभएपनि उनमा अहिले जस्तोसुकै समस्यासँग जुध्न सक्ने क्षमता पलाइसकेको छ । समाजमा भिज्न सक्ने र लक्ष्यित वर्गको चाहनाअनुसार काम गर्न सक्ने नेतृको रुपमा उनी चिनिँदै आएकी छन् । थारु समुदायकी युवा महिला सरस्वतीलाई एमालेले जातीय र भेगीय सन्तुलन मिलाउन शिक्षकबाट राजीनामा गराएर उपमेयरको उम्मेदवार बनाएको थियो तर अहिले सबैको मनमुटुमाा वस्न सफल भएपछि उनले मेयर पदमा दावी गरिन् र पार्टीले टिकट पनि उनैलाई दियो । मधेस प्रदेशका तीनवटा उपमहानगरपालिका र एउटा महानगरपालिकामध्ये मेयरको उम्मेदवार बन्ने एकमात्र महिला पनि यिनै सरस्वती चौधरी हुन् । पाँच वर्षे कार्यकालले आफूलाई परिपक्क बनाएको र अझ जनताका वीचमा सशक्त भएर लाग्न प्रेरणा मिलेको उनी बताउछिन् ।

के छन् त योजना

सुशासनसहितको उपमहानगरपालिका बनाउने, नगरमा फोहोर व्यवस्थापन गर्ने, शिक्षामा पूर्ण दरवन्दीसहितको सार्वजनिक शिक्षामा गुणस्तर ल्याउने, चिकित्सकसहितको नगर अस्पताल निर्माण गर्ने, कृषिलाई व्यवसायीकरण गर्ने, युवालाई रोजगारीको सिर्जना गरी रोजगारयुक्त समाजको निर्माणमा जोड दिने बताएकी छन् । उनले जीतपुर सिमरामा विकासको जग बसाएको र अब आफैं यसको नेतृत्व गरेर हराभरा र राम्रो नगर बनाउन पहल गर्ने दावीसमेत गरेकी छन् । पुर्वाधार विकासको सन्दर्भमा समेत आफूले धेरै कुरा सिकेको र अब विज्ञहरूसहितको टिम बनाएर काम गर्ने योजना रहेको बताएकी छन् ।

 

प्रस्तुतिः सीता अधिकारी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु