२०८१ श्रावण ४, शुक्रबार
नयाँ
पछिला अपडेट

पर्खाल भत्किँदा सिमरौनगढमा एक महिला गम्भीर घाइते

२०७९ बैशाख १७, शनिबार मा प्रकाशित ( साल अघि) ३२४ पाठक संख्या

सिमरा, १७ बैशाखः शुक्रबार राति आएको हावाहुरीका कारण पर्खाल भत्किँदा सिमरौनगढमा एक महिला गम्भीर घाइते भएकी छन् । ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराका अनुसार एक्कासी अविरल वर्षा र हावाहुरीका कारण सिमरौनगढ नगरपालिका वडा नं १० देवापुर टेटाका मनेजर पासवानकी श्रीमति ४५ वर्षर्यीा किस्मतीदेबी पासवान घाइते भएकी हुन् । आफ्नै घरमा बसिरहेको बेला एक्कासी आएको अबिरल वर्षा र हावाहुरीले गर्दा ईट्टाले बनाएको पर्खाल भत्की निज किस्मतिदेवीको हात भाँचिएको र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । निजको अवस्था गम्भिर रहेको तथा उपचारको लागि नगर अस्पताल सिम्रौनगढमा ल्याईएको साथेै घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु