२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मजदुर र किसानमुखी योजना निर्माण गर्नेः राजन पौडेल श्रमिक अस्पताल पहिलो प्राथमिकताः मेघा शाही

२०७९ बैशाख १८, आईतबार मा प्रकाशित ( साल अघि) ६६२ पाठक संख्या

सिमरा, १८ बैशाखः मजदुर र किसानमुखी योजनालाई मुख्यभागमा राखेर योजना निर्माण गर्ने र प्रतिवद्धता पत्र सार्वजनिक गर्ने योजना रहेको गठबन्धनका उम्मेद्वार राजन पौडेलले बताउनुभएको छ । श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ औद्योगिक मजदुर संघले आईतबार बाराको सिमरामा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले कुनै कमीकमजोरी भए खवरदारी गर्न आग्रह गर्दै मजदुर आन्दोलनको शक्तिलाई बिचलित हुन नदिने र मजदुर आन्दोलनकै जगमा देशले बिभिन्न परिवर्तन पाएको बताउनुभयो ।

1651420545544

मजदुर नेता सोनालाल साहको प्रमुख आथित्यमा सम्पन्न उक्त सभालाई, उपमेयरकी उम्मेद्वार मेघा शाही, नेकपा समाजबादीका नेता दिनेश राई, माओबादी केन्द्रका नेता अनिल श्रेष्ठ, काँग्रेसका नगर सभापति छवि शर्मा, वडा नम्बर २ का वडा अध्यक्ष उम्मेद्वार तिलक बहादुर श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सभामा गठबन्धनको आबश्यकताका बारे प्रष्ट पार्दै नेताहरुले ईमान्दारी पूर्बक मतदान गर्न कार्यकर्तालाई आग्रह गरेका थिए । जगदम्बा स्टिल, हुलास स्टिल, सूर्य नेपालका श्रमीकहरुको भब्य उपस्थिति रहेको उक्त सभा अध्यक्ष बेनी तिमल्सीनाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सैयौँ मजदुर तथा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यस्तै मजदुर दिवसकै अवसरमा आयोजित अर्को एक कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिका उपमेयरकी उम्मेदवार मेघा शाहीले श्रमिकलाई प्राथमिकतामा राखेर पहिलो श्रमिक अस्पताल बनाउने बताउनुभएको छ ।

1651420389804

। १३३ओैं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस बाराले आयोजना गरेको कार्यक्रममा बोल्दै शाहीले यो नगर श्रमिक नगर समेत रहेको बताउनुभयो । सबै भन्दा बढी करिडोर भएको नगर रहेको समेत उहाँले बताउनुभयो । शाहीले नेपालको पहिलो भ्रष्टचारको सूचीमा रहेको नगरलाई अब सुशासनयुक्त नगर बनाउन आफूहरूलाई मत दिन आग्रह गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु