२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

वडा नं ३ मा नेपाली काँग्रेसको घरदैलो अभियान

२०७९ बैशाख २०, मंगलबार मा प्रकाशित ( साल अघि) ४२१ पाठक संख्या

सिमरा, २० बैशाखः नेपाली काँग्रेसको जीतपुरसिमरा वडा नं ३ ले आज वृहत् घरदैलो कार्यक्रमको आयोजना गरेको छ । वडा नं ३ का वडाध्यक्षका उम्मेद्वार दिनेश सुवेदीलगायत सदस्यका उम्द्वोरहरु,वडा कार्यसमिति, नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले घरदैलो गरेका हुन् । वडा नं ३ को रामबन, बजनी, रेल्वेलाइन, अशोक स्टिल हुदै मालपोत चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

1651581404825

कोण सभालाई नेपाली काँग्रेस वडा ३ का सभापति पुस्कर रायमाझी, वडाध्यक्षका उम्मेदवार दिनेश सुवेदीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा उहाँले आफूसँग जनताका समस्या समाधान गर्ने क्षमता भएको, ३ सय युवालाई विभिन्न ठाउँमा रोजगार दिएको शिक्षा स्वास्थ्य सुधारमा दृढ रहेको, महिलालाई रोजगारको विशेष अवसर र महिलालक्ष्यित कार्यक्रम रहेकोले चुनावी माहोल तात्दै गएकोले आफूले चुनाव जित्ने दावी गर्नुभयो । घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु ओमकृष्ण कार्की, सुशिल ढोडारी, इन्दु ढोडारी, रविन्द्र श्रेष्ठ, नवराज त्रिपाठी, नवीन बराललगायत सयौँको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु