२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा नेपाली काँग्रेसको खाता खुल्यो, वडा नं २४ मा सुल्तान विजयी

२०७९ बैशाख ३१, शनिबार मा प्रकाशित ( साल अघि) ६१९ पाठक संख्या

सिमरा,३१ बैशाखः जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाली काँग्रेसले जीतको खाता खोलेको छ । निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारीअनुसार उपमहानगरको वडा नम्बर २४ मा नेपाली काँग्रेस विजयी भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार कलामुदिन मिया अंसारीलाई पराजित गर्दै नेपाली काँग्रेसका उम्मेदवार सुल्तान अंसारी वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ७ सय ८७ मत प्राप्त गरी विजयी हुनुभएको हो । वडा नम्बर २४ मा वडा अध्यक्ष पदका लागि त्रिपक्षीय भिडन्त भएको थियो । वडा अध्यक्षसंगै नेपाली काँग्रेसको तर्फबाट ३ जना वडा सदस्यहरु पनि निर्वाचित हुनुभएको छ । वडा नम्बर २४ मा यसअघि नै नेकपा एमालेको तर्फबाट एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भईसक्नुभएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु