२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा १८ मा कांग्रेसका उम्मेदवार चतुरबाबु वाग्लेको प्यानल विजयी

२०७९ जेष्ठ ३, मंगलबार मा प्रकाशित ( साल अघि) ४७१ पाठक संख्या

सिमरा, ३ जेठः जीतपुरसिमरा उपमहानगरपालिका १८ मा नेपाली कांग्रेसका उम्मेदवार चर्तुर बाबु वाग्ले वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । चार सदस्यसहित जीत हात पार्ने क्रममा वाग्लेले एक हजार दुई सय ७२ मत प्राप्त गर्नुभयो ।
उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका बसन्त खतिवडाले आठ सय ३८ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका शिवप्रसाद ढुंगानाले एक सय ७३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उक्त वडामा कांग्रेसका उम्मेदवार लक्ष्मी माया वाईवा, दलित महिला सदस्य अदरीदेवी चमारीन, चेतबहादुर आलेमगर, रन्धिर चौधरी सदस्यमा निर्वाचित हुनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु