२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

उपमहानगरले पायो पहिलोपटक महिला वडाध्यक्ष

२०७९ जेष्ठ ४, बुधबार मा प्रकाशित ( साल अघि) ३६१ पाठक संख्या

सिमरा, ४ जेठः बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले पहिलोपटक महिला वडाध्यक्ष पाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४ मा नेकपा एमालेकी उम्मेदवार चयन गुरुङ वडाध्यक्ष पदमा निर्वाचित भएपछि उपमहानगरले वडाध्यक्ष महिला पाएको हो ।

गुरुङले एक हजार तीन सय २५ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका भरतप्रसाद भण्डारीले ९ सय २३ मत प्राप्त गर्नुभयो । गुरुङ चार सय दुई को फराकिलो मतान्तरले विजयी भएकी हो ।उक्त वडामा एमालेमा महिला सदस्य उम्मेदवार रामपति थरुनी, दलित महिला सदस्य उम्मेदवार गिता सार्की, सदस्य उम्मेदवारहरु तेज नारायण चौधरी र यमनाथ ढकाल विजयी भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु