२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सवारी दुर्घटनामा परी बारामा चार जनाको मृत्यु

२०७९ जेष्ठ ३०, सोमबार मा प्रकाशित ( साल अघि) २९५ पाठक संख्या

सिमरा, ३० जेठः सवारी दुर्घटनामा परी बारामा चार जनाको मृत्यु भएको छ । आइतबार राति र सोमबार विहान भएको दुईवटा छुट्टाछुट्टै दुर्घटनामा परी चार जनाको ज्यान गएको हो ।
बाराको अमलेखगंजमा ट्रकको ठक्करबाट सोमवार बिहान मोटरसाईकलमा सवार एक दम्पतीको मृत्यु भएको छ । चितवनबाट बारातर्फ आउदै गरेको मोटरसाईकललाई सोही दिशाबाट आईरहेको ट्रकले ठक्कर दिएको हो ।अमलेखगंजको दुई नम्बर पुल नजिक भएको दुर्घटनामा परी बारागढी गाँउपालिका १ का २६ वर्षिय देवेन्द्र चौधरी र उनकी पत्नी नन्द चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमलेखगंजले जनाएको छ ।
प्र ०३–००४ प १५१७ मोटरसाईकललाई सोही दिशाबाट आईरहेको ना७ख ३९४८ नम्बरको लहरी ट्रकले ठक्कर दिएको थियो । ठक्करपछि सडकमा लडेका उनिहरुलाई सोही ट्रकले किचेको प्रहरीले जनाएको छ ।घटनास्थलमै मृत्यु भएका उनिहरुको शव शल्यपरिक्षणका लागि कलैया अस्पताल लगिएको छ भने ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

यस्तै बाराको बाराको महागढीमाई नगरपालिका ८ स्थित थलही पुलबाट आईतवार राती मोटरसाईकल खस्दा दुई जनाको मृत्यु भएको छ ।
बरियापुरबाट लंगडा चोकतर्फ जादै गरेको बा प्र. ०२–०३–००४प. ७९३४ नम्बरको मोटरसाईकल राती १०ः३० बजे पुलबाट तल खस्दा मोटरसाईकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा सुवर्ण गाँउपालिका ७ का ३५ वर्षिय विरुलाल यादव र भारत मोतिहारी पूर्वि बिहार चम्पारण समरपुर २ का ३० वर्षिय मेवाचन्द्र राय यादव रहेका छन् ।

पुलबाट करिब २५ फिट तल मोटरसाईकल खसेपछि घाईते भएका उनिहरुलाई उपचारका लागि कलैया अस्पताल लगिएको थियो । उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु