२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

अनेसास निर्वाचनमा महासचिव पदका उम्मेद्वार कृष्णकुमार गिरीको प्रतिवद्धता पत्र

२०७९ अषाढ १४, मंगलबार मा प्रकाशित ( साल अघि) ४०८ पाठक संख्या

काठमाडौँ, १४ असारः आसन्न अनेसास केन्द्रीय कार्य समितिको निर्वाचनमा यहाँहरूको चिन्ता,चासो र सहभागितालाई मैले सकारात्मक रूपमा लिएको छु । यो नेपाली भाषा, साहित्य, संस्कृति र कलाप्रतिको बिशेष अनुराग र अनेसासप्रतिको न्यानो मायाको ध्योतक हो भनेर मैले लिएको छु । यस भावनालाई अनेसासको एउटा अदना सिपाहीको हैसियतले म उच्च सम्मान गर्दछु।निर्वाचनले संगठन अप्ठ्यारोमा पर्छ कि भन्ने चिन्ता लिने कुरा स्वभाविक नै हो । निर्वाचनमा विजेता र उप विजेता हुनु पनि स्वाभाविकै हो। यध्यपि निर्वाचनपश्चात् हामी सबै पुनः अनेसासको हराभरा वृक्षको छहारीमा उही न्यानोपनकासाथ एकीकृत हुने कुरामा म विश्वस्त छु। र यसका लागि मेरा तर्फवाट सक्दो पहल हुने विश्वास दिलाउन चाहन्छु ।

निर्वाचनको गणितीय परिणाम आफ्नो वा अर्को साथीको पक्षमा जाँदैगर्दा कोहीले अर्जुन र कोहीले कर्णको नियति भने भोग्नु हुँदैन। बरु सवै मिलेर हस्तिनापुरलाई अझै फराकिलो समृद्ध , सवल , पारदर्शी र सुरक्षित बनाउनुपर्छ र वनाउन सकिन्छ भन्ने मेरो मान्यता छ ।कुनै पनि संगठनको सम्बर्द्धन, प्रबर्द्धन ,व्यवस्थापन र विस्तारका लागि चाहिने महत्वफूर्ण अवयवहरूमा सही व्यक्ति सही जिम्मवारी (च्ष्नजत बल ष्ल चष्नजत उबिअभ) हुनुपर्छ भन्ने कुरामा कसैको दुईमत न होला। कुनै पनि संगठनमा भिन्न –भिन्न पदको भिन्न– भिन्न जिम्मेवारी हुने गर्दछ। महासचिवको जिम्मेवारी अन्य पदीय जिम्मेवारीभन्दा बेग्लै रहेको छ । अनेसासको विधानले यसलाई संगठनको व्यवस्थापकीय पक्ष, संगठनको विस्तार , च्याप्टरहरूसितको समन्वय र सम्पर्क, अन्य संघसंस्थाहरुसँगको सहकार्य/सहयात्रा, बैठक, सभा/सम्मेलनको आयोजना, अनेसासको प्रवक्ता,स्रष्टा र सिर्जनाहरूको उजागर एवं विस्तारको सम्पर्क बिन्दु, तथा समय समयमा सम्पर्कमा रहन सक्ने सुत्रधारलगायतका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने गरी तोकिएको देखिन्छ ।
मैले अनेसासको महत्वपूर्ण अङ्गको रुपमा रहेका च्याप्टरहरूमध्ये न्यूह्याम्प्सायर च्याप्टरको अध्यक्ष पदको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरेको कुरा यहाँहरूलाई विदितै छ । अनेसास न्यूह्याम्प्सायरको नेतृत्व गर्दैगर्दा अनेसास न्यूह्याम्प्सायरलाई छोटो समयभित्र दोश्रो अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलनको संयोजन गर्ने चुनौतीलाई सहजै स्वीकारी सफलतापूर्वक सम्पन्न गर्न मैले खेलेको नेतृत्वदायी भूमिकाबारे यहाँहरू जानकार नै हुनुहुन्छ । अनेसासको संयोजन र अन्य सवै एन आर एन न्यूह्याम्प्सयर नेपाली कमिटी , गुरुङ समाज, किराँत समाज ,शेर्पा समाज ,बुद्ध समाजलगायतका विभिन्न संघ/संस्थाहरूको सामुहिक आयोजनामा सम्पन्न उक्त सम्मेलनमा मेरो भूमिकाले पनि मलाई आगामी नेतृत्वका लागि हौस्याएको छ ।
म सदैव नेपाली भाषाका लागि मरिमेट्ने अनेसास न्यूह्याम्सायर परिवार, स्थानीय जनसमुदाय, छिमेकी राज्य म्यासचुसेट्सका आदरणीय अग्रजज्यूहरु, विश्वभर छरिएर रहनुहुने अनेसासका आजीवन सदस्यज्यू र हाम्रा भुटानी समाजलगायत सवैप्रति सदैव आभारी रहने छु,ऋणी रहने छु। हामी डायस्पोरामा छौ, यहीँ काम गर्छौ। अनेसासलाई जनजनमा, मनमनमा अनि घरघरमा पुर्याउनु आजको चुनौती हो। यसका लागि आपसी न्यानोपन र विश्वासको वातावारण निर्माण हुन आवश्यक छ । हाल म केन्द्रिय कोषाध्यक्षको जिम्मेवारीमा रहदै गर्दा , मुख्य रुपमा ३ ओटा कुरामा ध्यान दिन सफल भएको कुरा निवेदन गर्न चाहन्छु – समृद्ध अनेसास ! सुदृढ अनेसास ! पारदर्शी अनेसास !
अनेसासलाई महिनाको एक डलर अभियान, प्रत्येक चौमासिकमा संस्थाको आय–व्यय वेब साइटमा राख्ने र विधिसम्मत रूपले आर्थिक कारोबार गर्ने परिपाटीको प्रारम्भ भएको कुरा यहाँहरूसमक्ष प्रस्तुत गर्न पाउँदा खुसी छु । प्रत्येक आजीवन सदस्यज्यूहरूले संस्थाको एक एक पाईको हरहिसाब हेर्न पाउनुपर्छ, खोज्न पाउनुपर्छ भन्ने मान्यतामा म दृढ छु । पारदर्शिता, जिम्मेवारी र उत्तरदायित्वको मर्मप्रति कटिवद्ध छु ।
आदरणीय आजीवन सदस्यज्यूहरू
मैले आफ्ना कार्यअनुभवका बारेमा छोटकरीमा आफ्ना कुरा राखेँ । अब अनेसासलाई एउटा महासचिवको रूपमा कसरी अगाडि लैजान सकिन्छ भन्ने विषयमा आफ्नो मेरा निम्न सोच र कार्यक्रम प्रस्तुत गर्न चाहन्छु।
१– अनेसासलाई जानजनमा, मनमनमा पुर्याउने।
२ च्याप्टरहरूसित छिटो, छरितो र प्रभावकारी सम्पर्क र समन्वय स्थापित गर्ने । च्याप्टरहरूका समस्या समयमै सम्बोधन गर्ने र केन्द्रका नीति तथा कार्यक्रम लागु गर्ने/गराउने। नमस्ते च्याप्टर अभियानलाई प्रभावकारीरूपमा अघि बढाउने।
३–अनेसासका आजीवन सदस्यहरूलाई निर्वाचनमा मात्र सम्झने परिपाटीको अन्त्य गरी उहाँहरूसित सधैँ सोझो सम्पर्कमा रहने।
४–स्रष्टाहरूको यथोचित सम्मान गर्ने/गराउने।
५–नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र श्रीवृद्धिका लागि सम्बन्धित सबैसँग सहकार्य गर्ने।
६ – डायस्पोराका एन आर एनलगायतका सवै संघ/संस्थाहरूसँग सहअस्तित्व, सहकार्य र सहयात्रा गर्दै अघि बढ्ने । स्थानीय अमेरिकी , बेलायती , जापानी, अफ्रिकन, अस्ट्रेलियन मल्टी कल्चरल एवं अन्य सहकारी संस्थाहरुसँग समन्वय र सहकार्य बढाउने।
७– अनेसासको भवन खरिदको अभियानलाई द्रुतगतिमा अघि बढाई साकार रूप दिने।
८– अनेसासको शिर रहेको बि ओ टी, शरीररूपी केन्द्रीय समिति,हातखुट्टारूपी च्याप्टरहरू र आत्मारूपी आजीवन सदस्यबीच समन्वय, समझदारी र न्यानोपन वृद्धि गर्न प्रभावकारी भूमिका खेल्ने।
९– संस्थाको कोष अभिवृद्धि गर्न कोषाध्यक्षज्यूहरूसँग सम्पर्क र समन्वयमा रही काम गर्ने.
१०– अनेसासका सभा/सम्मेलनहरू समयमै आयोजना गर्ने गराउने।
माथिका कार्ययोजनासहित म अनेसास केन्द्रीय कार्यसमितिको महासचिवको उम्मेद्वारको रूपमा हजुरहरूसमक्ष उपस्थित भएको छु । हजुरहरूको अमूल्य मतका लागि विनम्र अनुरोध गर्दछु।
जय अनेसास ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु