२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

कृषितर्फ देशैभरमा उत्कृष्ट रिजल्ट ल्याउन सफल रजघट्टाको प्राविधिक शिक्षालय

२०७९ श्रावण १६, सोमबार मा प्रकाशित ( साल अघि) ५८५ पाठक संख्या

सीता अधिकारी
सिमरा, १६ साउनः कृषितर्फ देशैभरमा सत् प्रतिशत रिजल्ट ल्याउन सफल बारा रजघट्टाको प्राविधिक शिक्षालयमा कृषि डिप्लोमा तथा प्रि डिप्लोमा तहमा भर्ना खुलेको छ । उत्तीर्ण विद्यार्थीमध्ये करिव ८० प्रतिशत विद्यार्थी रोजगारी प्राप्त गर्न सफल भएको बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १४ रजघट्टामा रहेको जनता माध्यमिक विद्यालय कृषि प्राविधिक शिक्षालयमा कृषि डिप्लोमा तथा प्रि डिप्लोमा तहमा भर्ना खुलेको हो । विद्यालयले सोमबार अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कृषि डिप्लोमा तथा प्रि डिप्लोमा तहमा भर्ना खुलेको जानकारी गराएको हो । सीटीभीटीबाट सम्बन्धन लिई सञ्चालित ३ वर्षे कृषि डिप्लोमा बाली विज्ञान र १८ महिने कृषि प्रि डिप्लोमा वाली विज्ञानमा भर्ना खुलेको विद्यालयका प्रधानाध्यापक राजुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

1659361329124

उहाँका अनुसार यही साउन १२ गतेदेखि नै प्रवेश परीक्षाका लागि आवेदन आह्रान गरिएको हो र साउन २६ गतेसम्म प्रवेश परीक्षा आवेदन फारम भर्न सकिनेछ ।

पढ्दै कमाउँदै कार्यक्रम
यस वर्षबाट शिक्षालयमा पढ्दै कमाउँदै कार्यक्रम पनि लागू भएको छ । कार्यक्रम अन्तरगत सयपत्री फूलको खेती गर्ने, कुखुरा पालन गर्ने, फूलका वेर्ना तयार गर्ने, साथै गोलभेँडा खेती गर्ने बताइएको छ । यसले गर्दा पड्ने विद्यार्थीले आफ्नो पढाइ खर्च आफैँ जुटाउन सक्ने प्रअ अधिकारीले बताउनुभयो ।

औपचारिक कार्यक्रम
वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चयन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछानेले विद्यार्थीहरुले उत्पादन गरेका सामग्रीको वजार व्यवस्थापनका लागि उद्योग वाणिज्य सँघले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।साथै डुमरवाना क्षेत्र कृषिका लागि उपयुक्त भएकाले यसको सौनदर्यीकरण नविगार्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका सञ्चालक प्रदिप बरालले कृषिलाई हालसम्म पनि परम्परागत रुपले मात्र हेरिएको हुनाले हरेक अभिभावकलाई यसको महत्व तथा आधुनिकीकरणका सम्वन्धमा बुझाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधि नवराज ढकाल, गीता सार्की, डुमरवाना दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष टिकाराम न्यौपाने, सानाकिसान कृषि सहकारी संस्था इनर्वासिराका व्यवस्थापक झपेन्द्र बराल, विद्यालयका शिक्षक प्रतिनिधि भवन खड्कालगायतको उपस्थिति रहेको थियो ।

1659361311980

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु