२०८१ कार्तिक २७, मंगलबार
नयाँ
पछिला अपडेट

मधुमेहको अचुक औषधीय फल जामुन

२०७९ श्रावण २१, शनिबार मा प्रकाशित ( साल अघि) १०९७ पाठक संख्या

आयुर्वेद शब्द विशेष दुई शब्दले बनेको छ । आयुमा वेद जोडिएर आयुर्वेद बनेको हो । आयुको अर्थ जीवन र वेदको अर्थ ज्ञान हो । यसरी जीवनको ज्ञान दिलाउने विद्या नै आयुर्वेद हो ।
आर्युवेदमा महत्वपूर्ण औषधीय गुण भएको फल छ, त्यो हो जामुन । मधुमेह रोगलाई निर्मूल पार्न र सुगरको लेवल नियन्त्रित राख्न यसले मद्दत गर्दछ । हामीले दैनिक प्रयोग गरिरहने खाद्यसामग्री र फलफूलमध्ये जामुन पनि महत्वपूर्ण छ तर यसको औषधीय गुण सामान्यतया मानिसहरुलाई थाहा छैन ।
संस्कृतमा यसलाई जम्मुफल भनिन्छ । अंग्रेजीमा जाभा प्लम, लेटिनमा सिजियम कुमुनी र चलनचल्तीको भाषामा जमुना भनि चिनिन्छ । यसको रुख ठूलो किसिमको हुने गर्दछ । काँचोमा हरियो र पाकिसकेपछि कालो फल हुने गर्दछ । यो फलको पौष्टिक तथा औषधीय गुण रहेको छ ।
यसको दाना सुकाएर दिनको ३ देखि ६ ग्रामसम्म खाँदा मधुमेह अर्थात चिनी रोगका लागि असाध्यै फाइदा जनक हुने गर्दछ ।

 

1659778660979

वैद्य लक्ष्मीकान्त पौडेल
चीरञ्जीवी प्राकृतिक आयुर्वेद, सिमरा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु