२०८१ कार्तिक २७, मंगलबार
नयाँ
पछिला अपडेट

अलपत्र बालगंगा पुल छिट्टै सञ्चालनमा आउने

२०७९ श्रावण २१, शनिबार मा प्रकाशित ( साल अघि) ७७१ पाठक संख्या

सीता अधिकारी
सिमरा, २१ साउनः लामो समयदेखि अलपत्र अवस्थामा रहेको बालगंगा नदीको पुल अब छिट्टै सञ्चालनमा आउने भएको छ । जग्गा विवाद झिकेर निर्माणाधिन बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित बालगंगा नदीमा पुल निर्माण कार्य अलपत्र परेको अवस्थामा स्थानीय बासिन्दा, संघर्ष समिति, वडा, नगर र संघीय साँसदको सक्रियतामा पुल सञ्चालनमा आउने भएको हो ।
सिमरा–कोल्हवी सडकखण्ड अन्तर्गत जीतपुरसिमरा उपमहानगर १२, १५ र १८ को सीमानामा पर्ने बालगंगा खोलाको पुल सखरा हाउजिङ कम्पनीको लापरबाहीका कारण अलपत्र परेको भन्दै स्थानीयले पुल निर्माणका लागि पटक पटक आग्रह समेत गरेका थिए । संघर्ष समिति नै बनाएर सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका थिए । वर्षाको समय र उद्योग कल कारखानामा काम गर्ने मजदुर तथा सर्वसाधारणलाई दैनिक आवात जावत गर्न कठिन भएको भन्दै साँसद रामबाबु यादव पुल सञ्चालनका लागि आफैँ सक्रिय भएर काम गराइरहेका छन् ।

1659781689239

साँसद यादवले आफ्नो प्रयासलाई स्थानीय वासिन्दा, संघर्ष समितिको टिम, स्थानीय राजनीतिक दलका नेताहरु, वडा अध्यक्षहरु, नगर तथा व्यवसायीहरुले साथ दिएकोमा धन्यबादसमेत व्यक्त गर्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%७%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु