सीता अधिकारी
सिमरा, २३ साउनः बाराको नीजगढ नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले सोमबार नगर प्रमुख सुरथ पुरी र उपप्रमुखको कार्यकक्षमा ताला लगाएका छन ।
कर्मचारी सरुवाको विषयलाई लिएर मेयर पुरीको निर्देशनमा यही साउन १५ गते प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीको कार्यकक्षमा ताला लगाएपछि सेवाग्राही मर्कामा परेको भन्दै उनीहरूले प्रमुख तथा उपप्रमुख दुवैको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
आफूले भनेको नमानेको आरोप लगाउँदै मेयर पुरीले प्रशासकीय प्रमुखलाई सरुवा गराउने प्रयास गरेका थिए साथै केही दिनका लागि हरि पुरी नीजगढ नगरपालिकाको प्रमुख बनेर आएका थिए । यता केही समय कार्कीको पचरौता नगरपालिकामा सरुवा भएको भनिएपनि मन्त्रालयले पुनः सुमनकुमार कार्कीलाई नै नीजगढ नगरपालिकाको जिम्मेवारी दिएर पठाएपछि मेयरकै सक्रियतामा पालिकाको दैनिक कामकाज ठप्प हुनेगरी प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाईएको छ । हालसम्म पनि खोलिएको छैन ।तालाबन्दी गर्नुको कारण नगर प्रमुखले प्रष्ट नपारेपछि कार्यपालिका सदस्यहरूले नगर प्रमुख पुरीलाई नगरपालिकाको कामकाज सुचारु गर्न ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए ।
साउन १७ गते नगर प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाउँदै कार्यपालिका सदस्य
हालसम्म पनि प्रशासकीय प्रमुखको कार्यकक्ष नखोलिएको र नगरप्रमुखले जनतालाई दिने सेवामा अवरोध पुर्याएकोले कर्मचारीलाई कार्यालयमा उपस्थित गराएर सेवाग्राहीको काम सुचारु नगरेसम्म नगरप्रमखु र उपप्रमुखको कार्यकक्षमा लगाइएकाो ताला नखोलिने वडा नं १३ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य सूर्य घलानले बताउनुभयो ।साथै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दि गरेर डिजिटल हाजिर मेशिन निकालिने,अधिकार क्षेत्रभन्दा बाहिर गएर कर्मचारीहरुलाई नगर प्रमुखले कागजी हाजिर गर्न लगाउने, प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा प्रवेश गरे आक्रमण गराउनको लागि कार्यालयको सिसि टिभी क्यामेरा बन्द गराउने नगरपालिकको वार्षिक कार्ययोजना र बजेट पास गर्नुपर्नेमा बेवास्ता गरि कार्यपालिकाको नियमित बैठक नराख्ने जस्ता कार्यहरु गर्दै नगर प्रमुखले आफ्नो पदको दुरुपयोग गर्नुभएको उल्लेख गर्दै कार्यपालिका सदस्यहरु पनि नगर प्रमुखको विवादित गतिविधिको विरोधमा उत्रिनुपरेको वडा अध्यक्ष घलानले बताउनुभयो ।
हेर्नुहोस विज्ञप्तिः