२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघद्वारा बारा प्रहरी प्रमुखलाई  स्वागत तथा सम्मान

२०७९ श्रावण २४, मंगलबार मा प्रकाशित ( साल अघि) ३४८ पाठक संख्या

 

सिमरा, २४ साउनः जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघद्वारा , जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी प्रमुखको जिम्मेवारी लिएर आउनुभएका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीलाई स्वागत तथा संम्मान गरिएको छ । एक साता अघिमात्र बारा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएका बोगटीलाई नगर उद्योग वाणिज्य सँघका पदाधिकारीवीच परिचयात्मक कार्यक्रम गर्दै स्वागत तथा सम्मान गरिएको हो ।
संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना, , सिभिल बैंक जितपुरका मेनेजर अजित मल्लिक, संघका निवर्तमान अध्यक्ष संजय कुमार साह, स्वागत तथा भ्रमण समितिका संयोजक गजेन्द्र गुप्ता , महासचिव प्रकाश गिरी, उद्योग सचीव मुकेश साह एवं महिला सदस्यहरु रिना रौनियार पुरी( उद्योग सदस्य ),आशा दाहाल (बाणिज्य सदस्य ), रिता कडेल लगायत (बाणिज्य सदस्य )हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरलाई सुन्दर, शान्त र सुरक्षित शहरको रुपमा स्थापित गर्न जिल्ला प्रहरी कार्यालय (ईप्रका सिमरा) र जितपुरसिमरा नगर उद्योग बाणिज्य संघबिच समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बिश्वास प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले दिलाउनु भएको थियो ।कार्यक्रममा व्यवसायी र प्रहरीवीचमा साना सटर ब्यावसायमा चोर,ी फुटपाथ ब्यवसायीहरुको दुर्घटना र सुरक्षाको चुनौति औधोगिक करिडोरको सुरक्षा स्थिति, सिसि क्यामेरा जडान तथा ब्यवस्थापन अपहरण फिरौति लेनदेन झै झगडा सम्बन्धमा ध्यानकेन्द्रीत गरि छलफल गरिएको अध्यक्ष मोहन शर्माले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु