२०८१ मंसिर ९, आईतबार
नयाँ
पछिला अपडेट

बारामा वृक्षारोपण गरी मनाइयो सामुदायिक वन दिवस

२०७९ श्रावण २५, बुधबार मा प्रकाशित ( साल अघि) ४४५ पाठक संख्या

सीता अधिकारी
नीजगढ, २५ साउनः वनको दीगो व्यवस्थापनको लागि सामुदायिक अधिकारः उद्यमशीलता र सशक्त संगठन सम्वृद्धिको आधार , सुशासन र सम्वृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी भन्ने मूल नाराका साथ सातौँ सामुदायिक वन दिवस २०७९ वृक्षारोपण गरी मनाइएको छ । बाराको नीजगढ नगरपालिका अन्तरगत बाघ भैरव सामुदायिक वनस्थित मोहोरी पार्कमा बुधबार वृक्षारोपण गरी सामुदायिक वन दिवस मनाइएको हो । वृक्षारोपण कार्यमा वर, पिपल, कलकी, गुल्मर, श्रीखण्ड लगायतका ४सय ५० विरुवा रोपिएको बताइएको छ ।

1660146535561
उद्योग पर्यटन तथा वन मन्त्रालय, मधेश प्रदेश, सामुदायिक वन उपभोक्ता समूहहरु, सामुदायिक वन उपभोक्ता महासँघ, जिल्ला महासँघ बारा, प्रदेश वन निर्देशनालय, डिभिजन वन कार्यालय बाराको संयुक्त आयोजनामा भएको कार्यक्रमको उद्घाटन उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विशाल घिमिरेले व्यानर पढेर गर्नुभएको थियो । साम सामुदायिक वन उपभोक्ता महासँघ बाराका अध्यक्ष राम्जी बजगाइँको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश वन निर्देशक जगन्नाथ जैशवाल, फेकोफनका केन्द्रीय सदस्य भरत घले, निमित्त डिभिजन वन अधिकृत राम गणेश साह, फेकोफनका प्रदेश अध्यक्ष सोमप्रसाद शर्मा, फेकोफन सर्लाहीका अध्यक्ष उत्तरकुमार मैनाली, पर्साका महासचिव पार्वती तिवारी, फेकोफन पालिका महासँघका अध्यक्ष कुमारनाथ त्रिपाठी, नीजगढ खानेपानी उपभोक्ता महासँघका अध्यक्ष सुदर्शन कोइराला डिभिजन वन कार्यालय बाराका रेञ्जर संदिप पटेललगायत वन समूहका सदस्य तथा उपभोक्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा दुर्गा कोइरालाको स्वागत रहेको थियो भने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनिल कुमार साहको सञ्चालन रहेकाो थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु