२०८१ श्रावण ८, मंगलबार
नयाँ
पछिला अपडेट

सिमरा महिला साकोसको १५ औँ साधारणसभाको तयारी बैेठक सम्पन्न

२०७९ भाद्र ९, बिहिबार मा प्रकाशित ( साल अघि) ४१२ पाठक संख्या

सीता अधिकारी
सिमरा, १० भदौः सिमरा महिला साकोसको १५ औँ साधारणसभाको तयारी बैेठक सम्पन्न भएको छ । 1661439397373बाराको सिमरामा रहेको सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको यही भदौ १८ गते विहान १० बजे थानीमाइ सामुदायिक वनको सभाहलमा हुन लागेको साधारण सभाका लागि तयारी बैठक सम्पन्न भएको हो ।
साधारणसभालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि बैठकले विभिन्न उपसमिति समेत गठन गरेको छ । संस्थाका अध्यक्ष अनिता लम्सालको अध्यक्षतामा भएको बैठकमा मञ्च व्यवस्थापन उपसमिति, अतिथि सत्कार उपसमिति, खानेपानी व्यवस्थापन उपसमिति, खाजा व्यवस्थापन उपसमिति, नाम दर्ता उपसमितिलगायतका उपसमिति गठन गरिएको संस्थाका कोषाध्यक्ष गीता शर्माले बताउनुभयो ।
संस्थाका सचिव भिमादेवी शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष मुना खरेल, सदस्य सनम पौडेल, शान्ता कुमारी गौतम लगायत उपसमितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

1661439417790

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु