२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारामा र्स्क्याबल च्याम्पीयनसिपको आयोजना, ८ विद्यार्थी भए छनोट 

२०७९ भाद्र १८, शनिबार मा प्रकाशित ( साल अघि) ६८६ पाठक संख्या

राजमणि बराल
सिमरा, १८ भदौः र्स्क्याबल क्लब बाराले जिल्लास्तरीय र्स्क्याबल च्याम्पीयनसिपको आयोजना गरेको छ । बाराको सिमरास्थित यस.पी.यस बोर्डिग स्कुलमा भएको प्रतियोगिताको उदघाटन र्स्क्याबल क्लवका केन्द्रीय संयोजक केशब प्रसाद पराजुली तथा जीतपुर सिमरा नगर शिक्षा अधिकृत हरिश भट्टले गर्नुभएको हो ।

1662216903585
च्याम्पीयनसीपमा १२ वटा संस्थागत विद्यालयका २४ जना छात्रछात्राले भाग लिएका थिए । सन् १९४८ मा अमेरिकामा सुरु भएको र्स्क्यावल खेल नेपालमा पहिलोचोटी सन् २०१५मा अंग्रेजी शब्दका लागि सुरुवात गरिएको र र्स्क्याबल खेल अहिले ४० वटा जिल्लामा खेलाउन थालिएको र्स्क्याबल क्लवका केन्द्रीय संयोजक केशवप्रसाद पराजुलीले बताउनुभयो ।

यो खेलले विद्यार्थीमा सिकाइप्रति उत्प्रेरणा जाग्ने, शब्दभण्डारको वृद्धि हुने, खेलखेलमै सिकाइ हुने, शब्दको हिज्जे मिलाउन सिकिने केन्द्रीय संयोजक पराजुलीको भनाइ थियो । र्स्क्यावल खेलको नेपाली रुपान्तरण नभइसकेपनि यो कोठेपद र शब्दजालजस्ता शब्द पनि प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । नेपालमा यसको सूरुवात भएको ६ देखि ७ वर्ष मात्रै भएपनि नेपालमा आफैँले निर्माण गरिएको नेपाली र गणित विषयको र्स्क्वाबल पनि सञ्चालन गरिने गरिएको संयोजक पराजुलीले बताउनुभयो ।
त्यस्तै र्स्क्याबल क्लब बाराका संयोजक भोजराज सुवेदी  बारा जिल्लामा च्यामपीयनसीप गराउन पाउँदा आफूलाई खुसी लागेको बताउनुहुन्छ । स्वयंसेवी रूपमै काम गर्नुपर्ने भएपनि सिकाइका हिसावले यस खेलप्रति विद्यालय, शिक्षक, अभिभाावक तथा विद्यार्थीको आकर्षण भएको शिक्षक सुवेदीको भनाइ छ ।
प्रतियोगितामा बारा जिल्ला संयोजक भोजराज सुबेदी, एन प्याब्सनका रामफ्रसाद अधिकारी, बसन्त ढकाल, स्ब्राईबल शिक्षक किशोरबाबु श्रेष्ठ, संन्जीब झा लगायतले सहजीकरण गर्नुभएको थियो ।
आगामी मंसिर ३ गते नवलफरासीमा हुन लागेको आठौँ राष्ट्रिय स्ब्राईबल च्यापियनम्पनसिपका लागि यस क्षेत्रका ८ जना बिध्यार्थीहरु छनोट भएका छन् ।

1662216903577

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु