२०८१ अषाढ ३०, शनिबार
नयाँ
पछिला अपडेट

नेकपा एमालेको बारा क्षेत्र नं १, ३ र ४ क ले लगायो प्रदेश उम्मेद्वारको टुंगो, ४(क) मा पौडेलसहित आठ जनाको नाम सिफारिस

२०७९ भाद्र १८, शनिबार मा प्रकाशित ( साल अघि) ८७२ पाठक संख्या

सिमरा, १८ भदौः नेकपा एमालेको बारा क्षेत्र नं १, ३ र ४ क ले प्रदेश उम्मेद्वारको टुंगो लगाएको छ । शनिबार बारा जिल्लाको विभिन्न स्थानमा बसेको क्षेत्रीय कमिटिको बैठकले उम्मेद्वारको नाम सिफारिस गरेको हो । बारा क्षेत्र नं. ४(क) बाट प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेका मनोज पौडेल (चन्द्रलाल) सहित आठ जनाको नाम सिफारिस भएको छ ।
सिमरास्थित जिफन्ट कार्यालयमा शनिबार सप्पन्न भेलाले पौडेलसहित अमृतलाल श्रेष्ठ,कासिम हुसेन, देवी सापकोटा, रविन्द्र खकुरेल, अनिलकुमार साह, जयकिशोर राउत र भरत घलेको नाम सिफारिस गरेको हो ।
यसैगरी भेलाले समानुपातिकतर्फ दिनेश्वर ठाकुर, कमला घिमिरे, सुभद्रा न्यौपाने, भावना आचार्य, रमेश चौधरी, गितादेवी घले, कमलेश झा, ममता देवी पाल, आनन्द थामी, मन्जु थापामगरको नाम सिफारिस गरिएको छ । एमाले जिल्ला कमिटी उपसचिव अमृत शर्मा बजगाईको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।
यसैगरी बारा क्षेत्र नं. ३(क) बाट प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरिएको छ । डुमरवाना सम्पन्न भेलाले राधेश्याम सिवाकोटी, रविनदास श्रेष्ठ, अशोक लामा, रेवन खातुनको नाम सिफारिस गरिएको हो । भेला जिल्ला उपसचिव भुलन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैगरी पर्सौनामा सम्पन्न भेलाले बारा क्षेत्र नं. १(क) बाट एकबहादुर श्रेष्ठ, अम्बिका चौलगाई, त्रिलोकि चौधरी, रामकृष्ण घिमिरे, केवल चौधरी, ढुण्डिराज उप्रेती, शिवनारायण चौधरी र जनार्दन चौधरीको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
यस्तै समानुपातिकतर्फ लिलादेवी लामिछाने खनाल, दिलबहादुर लामा, ज्ञानु केसी, पलट चौधरी, गोविन्द पौडेल, शर्मिला केसी, जनक चौधरी र सरिता सापकोटाको नाम सिफारिस गर्ने निर्णय गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु