२०८२ कार्तिक ७, बिहिबार
नयाँ
पछिला अपडेट

हुसेनको अध्यक्षतामा युवा सँघ नगर कमिटि गठन

२०७९ भाद्र १८, शनिबार मा प्रकाशित ( साल अघि) ५२८ पाठक संख्या

सिमरा, १८ भदौः
नेकपा एमाले निकट राष्ट्रिय युवा सँघ नेपालको बारामा जीतपुरसिमरा नगर कमिटिको अध्यक्षमा आरिफ हुसेन सर्वसम्मतिले निर्वाचित भएका छन् । जीतपुर सिमरा वडा नं १ को थानीमाई मन्दिर परिसरमा बसेको भेलाले हुसेनलाई सर्वसम्मति रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यसैगरी उपाध्यक्षमा नारायण जमरकट्टेल, सचिवमा आयुव खान, कोषाध्यक्षमा सरिता बैजु, सहसचिवमा अतिस श्रेष्ठ, सुनिल मैनाली चयन भएका छन् ।
राष्ट्रिय युवा सँघका केन्द्रीय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका नेताहरु मनोज पौडेल, भोला अधिकारी, दिनेश्वर ठाकुर, कमला घिमिरे, धनबहादुर श्रेष्ठ, सुनिल गुप्ता, चयन गुरुंग, हिरा वस्नेतलगायतको उपस्थिति रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु