२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

एस क्यू सी सिमराको सातौँ हब कन्भेनशन उचिडीमा सुरु

२०७९ भाद्र २५, शनिबार मा प्रकाशित ( साल अघि) ५५४ पाठक संख्या

सिमरा, २४ भदौः एस क्यू सी सिमराको सातौँ हब कन्भेनशनको शुक्रबार उद्घाटन गरिएको छ । दुई दिनसम्म चल्ने कन्भेशनको जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले उद्घाटन गर्नुभएको हो । मिसन एकेडेमीका सन्दिप लामाको अध्यक्षतामा भएको कार्यक्रममा सिमरामा एस क्युसीको सुरुवात गर्ने, शिक्षण पेशामा लामो अनुभव संगाल्नुभएका सुमनकुमार भट्टराईलाई दोसल्ला तथा सम्मान पत्र प्रदान गरी सम्मानित गरिएको थियो ।

1662761484606
कार्यक्रममा कोयस्ट नेपालका महासचिव सिंह लामा, जीतपुरसिमराका मेयर राजन पौडेल र वडा नं १८ का अध्यक्ष चतुरवाबु वाग्लेलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयको सहभागिता रहेको छ ।

1662761614107

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु