२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सङ्गालो साकोसको ११ औँ साधारण सभा सम्पन्न, १२ करोड ६ लाखको कारोबार

२०७९ भाद्र २५, शनिबार मा प्रकाशित ( साल अघि) ३४८ पाठक संख्या

सीता अधिकारी
सिमरा, २५ भदौः सङ्गालो वचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारण सभा आज शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा बाराको जीतपुर सिमरा उपमहानगर पालिकाका प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

1662821518658

११ वर्षअघि स्थापना भएको सङ्गालो वचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड ६ लाख ८५ हजारको कारोबार गरिरहेको संस्थाका अध्यक्ष शालिकराम अधिकारीले बताउनुभयो । हाल ३ सय ३३ जना सेयर सदस्य रहेको संस्थाले ८ करोड ४९ लाख ५१ हजारको निक्षेप संकलन र १० करोड १५ लाख ३३ हजार लगानी गरेको अध्यक्ष शालिकराम अधिकारीले बताउनुभयो ।

1662821488125
उद्घाटन सत्रको कार्यक्रममा संस्थाका दुई उत्कृष्ट कारोवारी लक्ष्मी ढकाल बुढा र प्रदीप कुमार महतोलाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरी संस्थाको उत्कृष्ट वचतकर्ताका रुपमा सीता अर्याल र विष्णुबहादुर धिताललाई सम्मान गरिएको थियो ।
उद्घाटन सत्रको कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, बारा जिल्ला वचत संघका अध्यक्ष सतेन्द्र ठाकुर, वडाध्यक्षहरुका तर्फबाट वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्की, सहकारीहरुका तर्फबाट सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिता लम्सालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं १ का वडासदस्य अमन लामा, जनकल्याण सकोसका अध्यक्ष कमला घिमिरे, घण्टीमाई साकोसका उपाध्यक्ष थानेश्वर पौडेल, हातेमालो साकोसका क्षमादेवी अधिकारी, साना किसान कृषि सहकारी संघ डुमरवाना सिमरा केन्द्रका अध्यक्ष चम्पा पाख्रिन, साना किसान कृषि सहकारी सिमराका पुनमदेवी महतो, सिए सरोज भट्टलगायतको उपस्थिति रहेको थियो । संस्थाका सचिव रत्न उप्रेतीले सञ्चालन गर्नुभएको कार्यक्रममा सञ्चालक गोकुल अधिकारीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधि तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु