२०८१ श्रावण ४, शुक्रबार
नयाँ
पछिला अपडेट

नेफ्सकुनका अध्यक्ष पौड्यालद्वारा नमुना सहकारी सिमरा महिला साकोसको अवलोकन

२०७९ भाद्र २५, शनिबार मा प्रकाशित ( साल अघि) ५४१ पाठक संख्या

सीता अधिकारी
सिमरा, २५ भदौः नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी सँघ (नेफ्सकुन) का अध्यक्ष परितोष पौड्याल तथा (नेफ्सकुन) का कार्यकारी प्रमुख प्रकाश पोख्रेलले मधेश प्रदेशमै उत्कृष्ट नमुना सहकारी सिमरा महिला साकोसको अवलोकन गर्नुभएको छ । बाराको औराहामा रहेको घण्टीमाई साकोसको दशौँ वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न सिमरा आउनुभएका अध्यक्ष पौडेल कार्यकारी पोख्रेलले सिमरा महिला साकोसको पनि अवलोकन गर्नुभएको हो ।

1662832564795

अवलोकनका क्रममा अध्यक्ष पौडेलले महिला साकोसले सञ्चालनमा ल्याउन लागेको महिला पुनस्थापना केन्द्र अल्पकालिन आवस सेवाको पनि अवलोकन गर्दै सहकारीले नमुना कार्य गरेको भन्दै प्रशंसा गर्नु भयो । उहाँले सहकारीलाई नेफ्स्कुनले सफ्टवेयर उपलब्ध गराउने र संस्थाका अध्यक्षको क्षमता अभिवृद्धिका लागि वैदेशिक तालिमको समेत प्रबन्ध मिलाइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेफ्सकुनका पदाधिकारीको स्वागतका लागि साकोसका अध्यक्ष अनिता लम्साल, सचिव भिमादेवी शर्मा, कोषाध्यक्ष गीता शर्मा, सदस्य सनम पौडेल, संस्थाका ऋण अधिकृत निर्मला सुवेदी, व्यवस्थापक सरस्वती थिंगलगायतको उपस्थिति रहेको थियो । सिमरा महिला साकोसका तर्फबाट अध्यक्ष अनिता लम्सालले नेफ्स्कुनका अध्यक्ष पौडेललाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

1662832436026

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु