२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारी संस्था सिमराको आठौँ वार्षिक सभा सम्पन्न

२०७९ भाद्र २९, बुधबार मा प्रकाशित ( साल अघि) १०८१ पाठक संख्या

सीता अधिकारी
सिमरा, २९ भदौः साना किसान कृषि सहकारी संस्था लि सिमराको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमला कुमारी रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहरी विकास मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधि सभा सभा सदस्य किसानकुमार श्रेष्ठ, जीतपुर सिमरा उपमहानगर पालिकाका प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारीेलगायतको शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रम उद्घाटन
वचत गर्ने बानीको विकास गर्नुपर्छ भन्ने सन्देश दिँदै खुत्रुकेमा पैसा वचत गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

1663172680231

साथै पानसमा दीप प्रज्वलन तथा सप्तरङ्गी मैन बत्ती समेत प्रज्वलित गरिएको थियो ।

संस्थाको कारोवार
एक हजार ६ सय ७५ जना शेयर सदस्य रहेको सहकारीमा १० अन्तर समूहका २ सय २३ समूह रहेका छन् । आर्थिक वर्ष २०७८/०७९मा १करोड ६८ लाख ३ हजार ९ सय शेयर पूँजि, ४ करोड ६७ लाख ३७ हजार २ सय ४७ रुपियाँ वचत संकलन गरेको संस्थाका अध्यक्ष कमला कुमारी  रिमालले बताउनुभयो । यस वर्ष संस्थाले ६३ लाख ७९ हजार ८ सय ६६ नाफा आर्जन गर्न सफल भएको अध्यक्ष रिमालले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु