२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कपको उपाधी मोरङलाई

२०७९ आश्विन १, शनिबार मा प्रकाशित ( साल अघि) ४७० पाठक संख्या

सिमरा,१ असोजःदोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटवल प्रतियोगिताको उपाधी मोरङ भेट्रान क्लबले जितेको छ । सिमरा रंगशालामा शनिवार भएको फाईनल खेलमा चितवनलाई २–० लाई पराजित गर्दै मोरङले उपाधी जितेको हो ।
मोरङका लागि डेनिम राई र विनोद धिमालले समान एक एक गोल गरेका थिए । मोरङले खेलको १३औं र ३३ औ मिनेटमा गोल गरेको हो ।
उपाधी विजेता मोरङले एक लाख ५० हजार र उपविजेता चिवनले ७५ हजार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई, उत्कृष्ट गोलरक्षक मोरङका मिनबहादुर बस्नेत, उत्कृष्ट रक्षक मोरङका रमेशकुमार बस्नेत घोषित भएका छन् ।
यसैगरी उत्कृष्ट मिडफिल्ड चितवनका यमु राना घोषित हुँदा सर्वाधिक गोलकर्ताको उपाधी सिमरा भेट्रानका गोपिप्रसाद भट्टले प्राप्त गरेका छन् ।सिमराका युवा समाजसेवी श्यामबाबु गुप्ता, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिना, सिमरा भेट्रान क्लबका राजकपुर राउत, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, नेकपा एमाले जीतपुरसिमरा २ का वडा कमिटी अध्यक्ष रविन्द्र खकुरेललगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

1663426012051

स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा भेट्रान क्लबले भदौ २९ गतेदेखि प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा भारतका दुईसहित १६ टिमको सहभागिता रहेको थियो । यसअघि फाईलनको खेलको उद्घाटन प्रमुख अतिथि गुप्ताले गर्नुभएको थियो । खेलको उद्घाटन गर्दै गुप्ताले भेट्रान फूटवललाई व्यवसायिक बनाउनुपर्ने बताउनुभयो ।
सिमरा भेट्रानका अध्यक्ष राउतको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रतियोगिता संयोजक हरी चौधरीले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण संचार संयोजक प्रदीप गौतमले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु