२०८१ मंसिर ९, आईतबार
सिमरा, २ असोजः यात्रुहरुलाई परेको समस्या र गुनासो सुन्न बाराको सिमरा चोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट सिमरा र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त पहलमा यात्री सहायता कक्ष स्थापना गरिएको हो।
यात्रुहरुलाई परेको समस्या र गुनासो सुन्न ,चाडपर्व नजिकिएसँगै यातायतालगायत विभिन्न क्षेत्रमा यात्रुहरु नठगियून भन्ने उद्देश्यले यात्रु सहायता कक्ष निर्माण गरिएको अस्थायी ट्राफिक पोष्ट सिमराको प्रहरी सहायक निरीक्षक नितेश झाले बताउनुभयो ।