२०८१ मंसिर १९, बुधबार
नयाँ
पछिला अपडेट

अपांगता भएका महिलाहरुको सशक्तीकरण र सरोकारवालाको भूमिका विषयक गोष्ठी सिमरामा सम्पन्न

२०७९ आश्विन ५, बुधबार मा प्रकाशित ( साल अघि) ४९५ पाठक संख्या

सिमरा, ५ असोजः अपांगता भएका महिलाहरुको सवाल, पहिचान र उनीहरुको सामाजिक साँस्कृतिक, आर्थिक सशक्तीकरणका निमित्त स्थानीय निकाय तथा सरोकारवालाको भूमिका विषयक एकदिने कार्यशाला गोष्ठी सिमरामा सम्पन्न भएको छ । पहिचान नेपालले आयोजना गरेको उक्त कार्यक्रम डिसयाविलिटी राइट्स फण्ड परियोजना अन्तरगत बारा नेत्रहीन सँघ र नेपाल अपांग सेवा सँघको सहकार्यमा सम्पन्न भएको हो ।
देशभर छरिएर रहेका अपांगता भएका महिलाहरुको सशक्तिकरण र अधिकार सुनिश्चित गराई पहिचान सहितको जीवन स्थापित गर्न खोलिएको सामाजिक संस्था पहिचान नेपालले देशभरी ने कार्यक्रम गर्ने सिलसिलामा बारामा पनि कार्यक्रम सञ्चालन गरेका संस्थाका अध्यक्ष इच्छा केसीले बताउनुभयो ।
मधेशप्रदेशका सभासद शोभा लामाद्वारा

1663771312106

व्यानर पढेर उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय अपांग महासँघ नेपाल गण्डकी प्देका अध्यक्ष एवं नेत्रहीन सँघका केन्द्रीय उपाध्यक्ष खेमराज शर्माले अपांगता भएका महिलाहरुको अवस्था समस्या र समाधानमा सरोकारवालाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

1663771333120

कार्यक्रममा सहभागि अपांगता भएका महिलाहरुले आफूले भोग्नु परेको समस्याका बारेमा खुलेर विचार राखेका थिए ।
सहभागीको समस्या तथा गुनासो सुनिसकेपछि जीतपुर सिमरा उपमहानगरपलिकाका उपप्रमुख भोला अधिकारी, वडा नं १४ का वडाध्यक्ष चयन गुरुंग, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख युवराज तिमल्सेना, नीजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिंग, विश्रामपुर गाउँपालिकाका अध्यक्ष, परवानीपुर गाउँपालिकाका अध्यक्ष, सिम्रौनगढ नगरपालिकाका शिक्षा शाखा प्रमुख, जितपुर सिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा , अधिकारकर्मी शोभा कार्की, सिमरा महिला साकोसकी उपाध्यक्ष मुना खरेल, अपांग सेवा संघ बाराका पूर्व अध्यक्ष धनप्रसाद बजगाइँलगायतले अपांगता क्षेत्रका महिलाका समस्या समाधानका लागि प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो ।
पहिचान नेपालका कार्यकारी सदस्य सुना घतानीले

1663774342779

स्वागत गर्नुभएको कार्यक्रममा विभिन्न क्षेत्रका अपांगता भएका महिला, एकल महिला, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु