२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

हातेमालो साकोसको १५औं वार्षिक सभा, १०१ वर्षीय जेष्ठ सदस्यबाट उद्घाटन

२०७९ आश्विन ८, शनिबार मा प्रकाशित ( साल अघि) ३२८ पाठक संख्या

सीता अधिकारी
सिमरा, ८ असोजः हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारण शनिवार सम्पन्न भएको छ । सिमरास्थित थानीमाई वन उपभोक्ता समितिमा आयोजित साधारण सभाको उद्घाटन संस्थाका जेष्ठ सदस्य १०१ वर्षीय नोककृष्ण मुल्मीले गर्नुभएको थियो ।
३ हजार ८ सय भन्दा बढी सदस्य रहेको संस्थाले अहिले ६३ करोड रुपियाँको कारोबार गरेको संस्थाका अध्यक्ष यज्ञ बहादुर आलेले बताउनुभयो ।

1664032434408

उद्घाटन कार्यक्रममा निवर्तमान प्रदेश सभा सदस्य सीता गुरुङ, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय संचालक हरेराम पटेल, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङ, वडा नं. २१ का सुवास श्रेष्ठलगायतले मन्तब्य राख्नुभएको थियो । ।कार्यक्रमको सहजीकरण संस्थाका सचिव दीपक भट्टले गर्नुभएको थियो भने बरिष्ठ उपाध्यक्ष संजय साहले स्वागत मन्तब्य राख्र्नुभएको थियो ।उद्घाटन सत्रको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सहकारी क्षेत्रका प्रतिनिधि, शेयर सदस्यको उपस्थिती रहेको थियो । उद्घाटन सत्रमा विभिन्न विद्यालयका छात्रछात्राको सांगीतिक प्रस्तुती समेत रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु