२०८१ श्रावण ८, मंगलबार
नयाँ
पछिला अपडेट

विश्व पयर्टन दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरिने

२०७९ आश्विन १०, सोमबार मा प्रकाशित ( साल अघि) २१२ पाठक संख्या

सिमरा, १० असोजः विश्व पयर्टन दिवसको अवसर पारेर होटल तथा पर्यटन व्यवसायी महासँघले विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । घुमौँ मधेस, बुझौँ प्रदेश भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको पर्यटन अभियन्ता, होटल तथा पर्यटन व्यवसायी महासँघका मधेस प्रदेश महासचिव एवं बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताउनुभयो ।
कार्यक्रमको पहिलो दिन मंगलबार बिहान सिमरा विमानस्थलमा पहिलो विमानबाट ओर्लने यात्रुलाई स्वागत गरिने साथै सामूहिक रुपमा बेलुन उडाउने कार्यक्रम रेहको पर्यटन अभियन्ता शर्माले जानकारी दिनुभयो । पर्यटन विकासका लागि उहाँले कार्यक्रममा सहभागिता जनाउन सँघसंस्था, समाजसेवी, सुरक्षाकर्मी, एयरलाइनकम्पनी, बिमानस्थलपरिवारलगायत सबै सरोकारवालालाई विमानस्थलमा भेला हुन आग्रह समेत गर्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु