२०८१ मंसिर १९, बुधबार
नयाँ
पछिला अपडेट

विश्व पर्यटन दिवसमा सिमरा बिमानस्थलमा पहिलो विमानका यात्रुलाई स्वागत

२०७९ आश्विन ११, मंगलबार मा प्रकाशित ( साल अघि) ४५९ पाठक संख्या

सिमरा, ११ असोजः विश्व पर्यटन दिवसको अवसर पारेर आज सिमरा बिमानस्थलमा पहिलो विमानका यात्रुलाई स्वागत गरिएको छ । काठमाडौंबाट सिमरा आउने पहिलो बिमानका यात्रुहरुलाई बाराको सिमरा बिमानस्थलमा होटल तथा पर्यटन व्यवसायी महासंघको संयोजनमा सम्मान गरिएको हो ।
रिथिकिंग टुरिजम भन्ने सन् २०२२ को मूल नारा र घुमौँ मधेश, बुझौँ मधेश भन्ने मूल मान्यतालाई आत्मसाथ गर्दै बिमानबाट ओर्लिएका  बालबालिका तथा अपागता भएका व्यक्ति साथै स्वदेशी र विदेशी पाहुनालाई  बिभिन्न संघ संस्थासँगको सहकार्यमा सम्मान गरिएको पर्यटन अभियन्ता तथा होटल तथा पर्यटन व्यवसायी महासँघका महासचिव मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो ।कार्यक्रममा यात्रुहरुलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलसहित सरोकारवालाद्वारा खादा र टीका लगाएर सगुनसमेत प्रदान गरिएको थियो । दिवसको अवसर पारेर पर्यटकीय नगरी सिमरामा महासंघले सम्मान गर्दा यात्रुहरु निकै खुसी देखिएका थिए ।

1664292719870
पर्यटन अभियन्ता एवं जीतपुरसिमरा नगर उद्योग बाणिज्य साघका अध्यक्ष मोहन शर्मा लामिछानेको संयोजनमा भएको कार्यक्रममा स्थानीय सरकार, नाटा मधेश प्रदेश, होटल तथा पर्यटन व्यवसायी संघ बारा, सिमरा बिमानस्थल, ईलाका प्रहरी कार्यालय सिमरा, ब्रम्हकुमारी राजयोग सेवा केन्द्र सिमरा, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ लगायत बिभिन्न संघ संस्थाले सहकार्य गरेका थिए ।
सम्मान कार्यक्रममा नागरिक उड्ययन प्राधिकरण सिमराका प्रमुख सूर्यबहादुर खत्री, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना, बरिष्ठ समाजसेवी काशिम मिया, पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, होटल तथा पर्यटन व्यवसायी संघ बाराका कार्यवहाक अध्यक्ष अर्जुन लम्साल, महासचिव शम्भु खड्गी, जनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामा, नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरी, सदस्य रिता कँडेल, रञ्जना तिवारी, लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा सहजीकरण सञ्चारकर्मी लक्ष्मी खरेलले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु